• भूमिप्रसाद पाठक

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी कृषि सहकारी संस्था लिमिटेडले बिहिबार सार्वजनिक सुनुवाइ गरेको छ ।
    पथरीशनिश्चरे वडा नं १ स्थित शान्ति किर्तन मण्डलीको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । 
    बाख्रा पालनका लागि विश्व बैंकले नेपाल सरकारको कृषि तथा पशु पंक्षी विकास मन्त्रालय अन्तर्गत विकेन्द्रिकृत आयोजना ईकाइ  विराटनगरबाट ९४ लाख ९७ हजार ३ सय ५० रूपैयाँ अनुदान आएको । पथरी कृषि सहकारी संस्था लिमिटेडको आफ्नो तर्फवाट ९४ लाख ९७ हजार ३ सय ९७ रूपैयाँ थपेर १ करोड ८९ लाख  ९४ हजार ७ सय रुपैयाँ बराबरको बजेट लगानी  गरिएको बताइएको छ । सो रकम बाट पथरीशनिश्चरे नगर क्षेत्रमा ४० घरपरिवार छनौट गरेर व्यवसायिक रुपमा बाख्रा पालन हुँदै आएको छ । 
    पथरीशनिश्चरे नगरको पशुपन्छी शाखाबाट आयोजनाको  सुपरिवेक्षण  गरिरहेको  संस्थाका सचिव टिकाराम दाहालले बताए । 
    पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलको कार्यक्रम संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरकी उपप्रमुख देवीमाया काफ्ले रहेका थिए । वडा नं –२ का वडा अध्यक्ष नैनासिंह राई, वडा नं–३ का अध्यक्ष विजय लिम्बू, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम समेत उपस्थिति रहेको थियो ।
    कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी नगरकी उपमेयर देवीमाया काफ्लेले वडा अध्यक्षहरु विजय लिम्बू, नैनासिंह  राई लगातले शुझाव दिएका थिए । 
     

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …