४ असोज महोत्तरी
पर्यटन दिवसको संघारमा मधेश प्रदेशका पर्यटन तथा होटल व्यवसायी संघहरु तयारीमा जुटेका छन ।
प्रदेशमा आन्तरिक र वाहय पर्यटक भित्र्याउन प्रदेशभरीका आन्तरिक एयरपोर्ट र सिमावर्ती क्षेत्रमा विशेष तयारी गरेको होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जानकारी दिए ।
प्रदेशमा संघमा आवद्ध झण्डै १६ सय होटलहरुले पाहुनाहरुको लागी ११ असोजमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन । पर्यटकहरुलाइ गन्तव्यमा पुर्याउन सवारी साधनको ब्यवस्थादेखी फूल, गुछाले स्वागत गर्ने निर्णय गरिएको अध्यक्ष गौतमको भनाइ छ ।
पर्यटकहरुलाइ आकर्षित गर्न ब्यवसायीहरुले झाकी र स्थानिय पहिचान झल्कने विभिन्न भेषभुषा पहिरिएर पर्दसन गराउनेपनी तयारी गरेका छन ।
सवैभन्दा बढी होटल भएको महोत्तरीमा ९ असोजदेखी ११ असोजसम्म ३ दिन छुटको व्यवस्था गरिएको छ । खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए ।
महोत्तरीको राजमार्गको मध्यविन्दुमा रहेको बर्दिबासमा सवैभन्दा बढी होटल छन् । प्रदेशभरीका स्तरीय होटल बर्दिबासमा नै केन्द्रित भएको हुनाले पनि प्रदेशका धेरैजसो कार्यक्रम बर्दिबासमा नै हुने गर्दछन ।
यसैलेपनि पर्यटकको आवागमनलाई मध्यनजर गरि वर्दिबासमा विशेष तयारी गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघका अनुसार १० असोजको दिउँसो ३ वजे जिल्लाको प्रसिद्ध मण्दिर माइस्थानमा सरसफाइ गरिनेछ । त्यस्को भोलीपल्ट ११ गते बिहानैदेखी प्रभातफेरी र स्थानिय पहिचान झल्कने सास्कृतिक बिशेषताहरुलाइ पर्दसन गरिनेछ ।
उक्त पर्दसनले जिल्लाको मौलिक संस्कृतिलाइ पहिचान गर्ने भएकाले जिल्लाको चिनारी थप फराकिलो वन्ने बिस्वास लिईएको छ ।
महोतरीमा अहिले संघमा आवद्ध २५० होटलहरु संचालनरत छन । जिल्लाको भिठ्ठामोड नाकावाट भित्रीने पर्यटकहरुलाइ नाकासम्म नै पुगेर खादा, माला र मिठाई खुवाएर स्वागत गरिने होटल व्यवसायीहरुको तयारी छ ।
१३ असोजमा भने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले नै पारिवारिक सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । २ हजार टिकट रहेको उक्त कार्यक्रम बर्दिबासस्थित गौतम होटलमा आयोजना हुने आयोजक पक्षले जानकारी दियो ।
राष्ट्रिय गायककार तथा कलाकारहरुवाट बिबिध नृत्यनाटक तथा गायन प्रस्तुत गरिने आयोजक टिमका संयोजक सुदिप कार्कीको भनाइ छ ।