•   ४ असोज महोत्तरी 


    पर्यटन दिवसको संघारमा मधेश प्रदेशका पर्यटन तथा होटल व्यवसायी संघहरु तयारीमा जुटेका छन ।

    प्रदेशमा आन्तरिक र वाहय पर्यटक भित्र्याउन  प्रदेशभरीका आन्तरिक एयरपोर्ट र सिमावर्ती क्षेत्रमा विशेष तयारी गरेको होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जानकारी दिए ।

    प्रदेशमा संघमा आवद्ध झण्डै १६ सय होटलहरुले पाहुनाहरुको लागी ११ असोजमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन । पर्यटकहरुलाइ गन्तव्यमा पुर्‍याउन सवारी साधनको ब्यवस्थादेखी फूल, गुछाले स्वागत गर्ने निर्णय गरिएको अध्यक्ष गौतमको भनाइ छ ।

    पर्यटकहरुलाइ आकर्षित गर्न ब्यवसायीहरुले  झाकी र स्थानिय पहिचान झल्कने विभिन्न भेषभुषा पहिरिएर पर्दसन गराउनेपनी तयारी गरेका छन ।

    सवैभन्दा बढी होटल भएको महोत्तरीमा ९ असोजदेखी ११ असोजसम्म ३ दिन छुटको व्यवस्था गरिएको छ । खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए ।

    महोत्तरीको राजमार्गको मध्यविन्दुमा रहेको बर्दिबासमा सवैभन्दा बढी होटल छन् । प्रदेशभरीका स्तरीय होटल बर्दिबासमा नै केन्द्रित  भएको हुनाले पनि प्रदेशका धेरैजसो कार्यक्रम बर्दिबासमा नै हुने गर्दछन । 

    यसैलेपनि पर्यटकको आवागमनलाई मध्यनजर गरि वर्दिबासमा विशेष तयारी गरिएको छ ।

    होटल तथा पर्यटन व्यवसायी संघका अनुसार १० असोजको दिउँसो ३ वजे जिल्लाको प्रसिद्ध मण्दिर माइस्थानमा सरसफाइ गरिनेछ । त्यस्को भोलीपल्ट ११ गते बिहानैदेखी प्रभातफेरी र  स्थानिय पहिचान झल्कने सास्कृतिक बिशेषताहरुलाइ पर्दसन गरिनेछ ।

    उक्त पर्दसनले जिल्लाको मौलिक संस्कृतिलाइ पहिचान गर्ने भएकाले जिल्लाको चिनारी थप फराकिलो वन्ने बिस्वास लिईएको छ ।

    महोतरीमा अहिले संघमा आवद्ध  २५० होटलहरु संचालनरत छन । जिल्लाको भिठ्ठामोड नाकावाट भित्रीने पर्यटकहरुलाइ नाकासम्म नै पुगेर खादा, माला र मिठाई खुवाएर स्वागत गरिने होटल व्यवसायीहरुको तयारी छ ।

    १३ असोजमा भने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले नै पारिवारिक सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।  २ हजार टिकट रहेको उक्त कार्यक्रम बर्दिबासस्थित गौतम होटलमा आयोजना हुने आयोजक पक्षले जानकारी दियो ।

     राष्ट्रिय गायककार तथा कलाकारहरुवाट बिबिध नृत्यनाटक तथा गायन प्रस्तुत गरिने आयोजक टिमका संयोजक सुदिप कार्कीको भनाइ छ ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…