• भक्तपुर । नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका छन् ।

    एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनीवीच आआफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतमा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झयालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

    एसवाई प्यानलले युपीभीसीका झयालढोकाको साथसाथै छानामा प्रयोग हुने स्याण्डविच  प्यानलहरु उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेशनको  वालको रुपमा प्रयोग  हुने वातावरण मैत्री निर्माण सामाग्री उत्पादन गर्दै आएको छ ।

सम्वन्धित समाचार

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको…

भैरहवा,  दसैं पर्वलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको स…

काठमाडौं, ९ असोज  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगे…

 भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध…