• काठमाडौँ । बुद्ध नेपालमा जन्मेको तथ्य थप प्रचार गर्न शनिबार टुडिखेलमा वृहद उपस्थितिमा बुद्ध वचन पढिएको छ । मञ्चबाट बुद्ध वचन उच्चारण गर्नेमा यतिबेलाका चर्चित पत्रकार रवी लामिछाने पनि एक थिए ।



    एकै मञ्चमा एकै पटक 'बुद्ध वचन' पढेर विश्व रेकर्ड राख्ने प्रयास अन्तर्गत शनिबार राजधानीको  टुडिखेलमा मानव सागर उर्लिएको हो । बुद्ध वचन एक स्वरले वाचन गरिएको थियो । मञ्चबाट बुद्ध वचन उच्चार गर्नेमा पत्रकार रवि लामिछाने समेत देखिएका हुन् ।



    उनै लामिछानेले टुडिखेलको कार्यक्रम पछि ट्वीटरमा एक स्टाटस अपडेट गरेका छन्, जहा उनले आफ्नो तस्बिर सहित यस्तो विवरण लेखेका छन् -

    -एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन "धम्मपद" बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त  बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…