• मोरङ । मोरङको पथरी शनिश्चरे नगरस्थित १ नं. प्रदेश नमुना विद्यालय पञ्चायत माविले मंगलबार शुभकामना आदानप्रदान तथा कार्यक्रमको आयोजना गरि कक्षा १२ को विद्यार्थीलाई बिदाइ गरेको छ ।

    दशैंको शुभकामना आदानप्रदान  तथा विद्यार्थी विदाइ कार्यक्रमको आयोजना भएको हो । विद्यालयमा विज्ञान, मानविकी, व्यवस्थापन, ललितकला, कानुन, सिभिल इञ्जीनियरिङ लगायतको बिसयमा पढाइ हुँदै आएको छ ।  आज पाँच सयभन्दा बढी विद्यार्थीलाई विद्यालय बिदाइ गरिएको विद्यालयको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए ।

     

    कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो,  नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले,  विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी राई तुम्बापो, समाजसेवी युवराज बास्कोटा, देवराज भण्डारी, भूतपूर्व विद्यार्थी समाजका कोषाध्यक्ष टीकेन्द्र पौडेल दिनेश लगायतले शुभकामना तथा बिदाइ मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बिद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने विज्ञान संकायका विद्यार्थी सौरभ बस्नेतलाई विद्यालयले नगदसहित सम्मान गरेको छ । कार्यक्रममा सहायक प्रअ बिना खालिङ राई, शिक्षकद्वय राजु तिम्सिना र बुद्धिनाथ अधिकारीले विद्यालयको सिकाइ विधिको परिस्कृत स्वरुप बारे बोलेका थिए ।

सम्वन्धित समाचार

मोरङ । सुकुम्बासी र आदिबासी जनजाति संग्राहलय बारे पूर्ब मन्त्री भनुभक्त ढकालले बोलेर ढाँटेको प्रसंग त आइरह…

ताप्लेजुङ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकि छ । बिहिवार राती १२ बजेबाट मौ…

मोरङ । प्रचारप्रशार गर्न पाउने अन्तिम दिनसम्म आइपुग्दा मोरङ ३ नं. क्षेत्रको प्रतिनिधि सभा सदस्यको उमेद्वार सुन…

मोरङ/ एमाले मोरङ ३ नं. क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली कांग्रेसमा प्रबेस गरेको छ । निर्वाचनको नजिकि…