• गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । 

    नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए । 

    त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको ब्यबस्थापनका बिषयमा छलफल भएको थियो । 

    उनलाई  काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…