• मोरङ । मोरङको ३ नं. क्षेत्रमा माओवादी केन्द्रले उमेद्वार नपाएपनि गठबन्धनको उमेद्वारलाई निर्वाचन जिताउन लाग्ने निर्णय भएको छ । 
    माओवदी केन्द्रको मंगलबार बेलबारीमा ३ नं. क्षेत्र स्तरीय निर्वाचन परिचालन समितिको बैठक बसेको थियो ।
    मंसिर ४ गते हुने निर्वाचनमा ३ नं. क्षेत्रबाट प्रतिनिधि सभा, प्रदेश सभा (क)मा नेपाली कांग्रेस र प्रदेश सभा (ख)मा नेकपा (एस)लाई टिकट दिइएको थियो । 
    पार्टीको केन्द्रीय निर्णय अनुसर प्रतिनिधि सभामा नेपाली कांग्रेसको सुनिल शर्मा र प्रदेश सभा सदस्य (क)मा शेखरचन्द्र थापा, प्रदेश (ख)मा नेकपा (एस)को तर्फबाट लक्ष्मी श्रेष्ठको प्रत्यक्ष तर्फ उमेद्वार मनोनयन दर्ता भएको छ । यो क्षेत्रमा एउटै उमेद्वार नपाएपछि माओवादी केन्द्रको कार्यकर्ता लेवलमा निक्कै ठूलो असन्तुष्ठि रहेको छ ।
    माओवादी केन्द्रको क्षेत्रमा एउटै प्रत्यक्ष तर्फको उमेद्वार नभएपछि (ख) मा पार्टीको प्रदेश समिति सदस्य बेलबारी नगर ईन्चार्ज तिलकप्रसाद राईले मनोनयन दर्ता गरेका छन् ।
    माओवादी केन्द्रको ३ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजन खेमराज भट्टराईको अध्यक्षतामा मंगलबार भएको बैठकमा पार्टीको १ नं. प्रदेस समिति सह इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य साबित्रीकुमार काफ्ले (समर), पीबीएम गोपि आच्छामि, केन्द्रीय सदस्य गीता तिम्सिना, प्रदेश समिति सदस्य मोरङ जिल्ला सहइन्चार्ज लालबहादुर मगर लगायतको उपस्थिति रहेको थियो । बैठकमा ३ नं. क्षेत्रमा पार्टीले एउटै उमेद्वारी नपाएकोमा नेतृत्वको चर्को आलोचना भएको थियो ।
    बैठकमा पार्टीको पथरीशनिश्चरे नगर समिति अध्यक्ष गोबिन्द कटुवाल, कानेपोखरीको तर्फबाट नवीन राई, बेलबारी अध्यक्ष परशुराम सुवेदी, पार्टीको निर्वाचन परिचालन समितिका (क)को सयोजक रञ्जु कटुवाल, (ख)को सयोजक लोचन धमला, पथरी शनिश्चरे नगर समितिको सहइन्चार्ज बालकुमार मगर (बिकास) लक्ष्मण तामाङ, अर्जुन किराती लगायतले बोलेका थिए । 
    बैठकमा पथरीशनिश्चरे नगरबाट उपाध्यक्ष कमाल हाङबाङ्ग, मदन पोख्रेल, मान दियाली, कानेपोखरी इन्चार्ज अम्बिका अर्याल, बेलबारी, सुन्दरहरैचा लगायतका पदाधिकारीहरु सहभागि रहेका थिए । बैठकमा पार्टीको प्रदेश सदस्य तिलकप्रसाद राईले क्षेत्रमा कतै माओवादी केन्द्रको उमेद्वार नदिएपछि स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको बताएका थिए । बक्ताहरुले स्थानीय निर्वाचनकै बेला कारबाहीको सिफारिसमा परेका दिनानाथ तिम्सिना लगायतलाई तुरुन्त कारबाही गरिनुपर्ने माग समेत दोहो¥याएका थिए ।
    बैठकमा पार्टीको प्रदेश सहइन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य साबित्रीकुमार काफ्ले (समार), मोरङ जिल्ला इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोपि आच्छामी लगायतले टिकट वितरणको प्रकृया, कांग्रेसको आन्तरिक कलह, प्रदेशभरीको समस्या बारे ब्रिफिङ गर्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धनको उमेद्वारलाई जिताउन लाग्न निर्देशन दिएका थिए ।
    मनोनयन दर्तापछि पनि कांग्रेसको आन्तरिक कलह, एमाले भित्रको द्वन्द्व, जनताको मनोविज्ञानको बारे विश्लेशन गर्दै गठबन्धनको उमेद्वारलाई जिताउन नेता कार्यकर्ता एकताबद्ध भएर परिचालित हुने, समानुपातिकको भोट बढिभन्दा बढी पार्टीलाई झार्न पहल गर्ने, निर्वाचनको लागि आर्थिक ब्यबस्थापन, स्वतन्त्र उमेद्वार तिलकप्रसाद राईको मनोनयन फिर्ता गर्न पार्टी केन्द्रीय नेताहरुले पहल गर्ने, प्रतिनिधि र प्रदेश सभा निर्वाचन जिताउन वडा तहसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन गर्न पहल गर्ने लगायतको निर्णय भएको छ ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…