• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अमेरिकामा बस्ने नेपाली भाषि युवाहरुको आर्थिक व्यबस्थापनमा ‘दोस्रो पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२’ हुने भएको छ ।
    अर्जुन विष्ट, विक्रम भट्टराई लगायतको अमेरिकामा बस्ने युवाहरुको आर्थिक सहयोगमा कार्तिक ११ गते सुरु भएर १८ गते फुटबल प्रतियोगिताको फाइनल हुने जानकारी दिएको छ ।
    आज (सुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूले कार्यक्रम बारे जानकारी गराएका हुन् । प्रतियोगिता पथरीशनिश्चरे १० स्थित प्रस्तावित पथरीशनिश्चरे रंगशालामा हुनेछ ।
    प्रतियोगितामा दमक एकेडेमी, पथरी ११ एफसी, चारतारे एफसी, भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय गरी आठ टिम सहभागी हुने आयोजक समिति संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।
    प्रतियोगितामा प्रथम र दोस्रो हुने क्लवलाई क्रमस २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजन समितिले जनाएको छ ।
    आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी वेदप्रसाद गौतम, स्थानीय समाजसेवी प्रदिपकुमार राई, प्रेम ढकाल पथरी प्रिमियर लिग आयोजक समितिको संयोजक संजिव गिरी, पूर्ब खेलाडी दीपक पुलामी, बिक्की राईलगायतको उपस्थिति रहेको थियो ।
    प्रत्यक खेलको म्यान अफ द म्याच खेलाडिलाई २५ सय र अन्य विधानगत उत्कृष्ट खेलाडिहरुलाई पाँचदेखि साढे सात हजारसम्म नगद पुरस्कार प्रदान गरिने खेल कमिसार बिक्की राईले बताए । 
    पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकामा पनि नेपालीहरुवीच प्रतियोगिता हुँदै आएको अर्जुन विष्टले बताए । यहाँ गत बर्ष पनि प्रतियोगित भएको थियो ।  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…