• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिताको भोली (सुक्रबार) पहिलो चरणको खेल समाप्त हुँदैछ । 
    समूह चरणको ग्रुप (ए)को बिहिबार खेल सकिदा तीन वटा क्लबले ४–४ अंक जोडेको छ भने एउटा क्लवले हालसम्म अंक प्राप्त गर्न सकेको छैन् ।
    आज (सुक्रबार) भएको ग्रुप (ए)को समूह चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टील टाइगर्सलाई ४ विकेटले किर्तिपुर सातबाघ विजयी भएको हो ।
    टस जितेर ब्याटिङ रोजेको बिरेन्द्रनगर स्टील टाइगर्सले १८ ओभर ३ बलमा अल आउटहुँदै ९५ रन जोडेको थियो । किर्तिपुर सातबाघले १८ ओभर १ बलमा टार्गेट पुरा गर्दै बिजयी भएको हो ।
    पहिलो खेलको म्यान अफ द म्याच बिजेता किर्तिपुर सातबाघको केलिन राई घोषित भए । उनले आफ्नो टिमलाई ३८ रन १ विकेटको योगदान गरेका थिए ।
    दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्ध युनाइटेडले क्लासिक ११ हसन्दहलाई ८ विकेटको क्षतिमा १२१ रनको टार्गेट दिएको थियो ।
    क्लासिक ११ हसन्दहले ७ विकेटको क्षतिमा १९ ओभरमा टार्गेट पुरा गरेको थियो । दोस्रो खेलको म्यान आफ द म्याच बिजेता क्लसिक ११ को खेलाडि सोलेमन राई घोषित भए । राईले आफ्नो टिमको लागि ५० रनको योगदान दिएका थिए । म्यान आफ द म्याच नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट वितरण गरिएको थियो ।
    प्रतियोगितामा समूह चरणको अन्तिम खेल भोली (सुत्रबार) हिसाब किताब ट्राईडेन्ट र रोयल किङ्सवीच प्रतिष्पर्धा हुने अयोजक समितिको कोषाध्यक्ष पुकार राईले बताए ।

     

    पहिलो चरण सकिदा यस्तो छ स्कोर 
    पहिलो चरणको खेल सकिदा ग्रुप (ए)मा रहेको किर्तिपुर सातबाघ, क्लासिक ११ हसन्दह, बुद्ध युनाइटेडले समान ४–४ अंक प्राप्त गरेको छ भने बिरेन्द्रनगर स्टील टाइगर्सले हालसम्म अंक प्राप्त गर्न सकेको छैन ।
    समूह (बी) मा रहेको हिसाब किताब ट्राईडेन्ट, रोयल किङ्सले समान ४, मंगलबारे लिजेन्डले २ अंक प्राप्त गरेको छ भने आइतबारे अस्त्रको हालसम्म अंक प्राप्त नगरेको आयोजक समितिको अध्यक्ष अरुण राईले बताए ।


     

सम्वन्धित समाचार

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…