• मोरङ । देशमा मंसिर ४ गते हुने प्रदेश र संघीय सभा निर्वाचनको माहोल बढिरहेको बेला किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पार्टी र उमेद्वारहरुलाई अपिल गरेको छ । 
    किरात राई यायोक्खा राई समुदायको साझा सामाजिक संगठन हो । प्रदेश १ को नाम किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको सो संगठनको शनिवार (अशोज २९) सुनसरीको इटहरीमा १ नं. प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरी सो अपिल गरेको हो । 
    किरात राई यायोक्खा १ नं. प्रदेश समितिद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय अध्यक्ष जिवन हाताचो राईले प्रदेशको नाम किरात राख्न सहमत उमेद्वारहरुलाई यायोक्खाले सहयोग गर्ने बताए । 
    यायोक्खाको ११ औं महाधिवेशनले १ नं. प्रदेशको नाम किरात राख्न सहमत पार्टी र उमेद्वारहरुलाई सहयोग गर्ने निर्णय गरेको बताउदै अध्यक्ष राईले किरात नाम नमान्ने उमेद्वारलाई नो भोट अभियान चल्न सक्ने चेतावनी दिए । अध्यक्ष राईले पार्टीहरुको घोषणा पत्रमा प्रदेशको नाम किरात ल्याउन केन्द्रीय समितिलाई लिखित रुपमा आग्रह गरिने नराखिएमा सोही अनुसार ब्यावहार गरिने बताए ।
    यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, दोर्पध्वज राई, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा महासचिव भीम राईले यायोक्खाको सांगठानिक अवस्था बारे बोलेका थिए । कार्यक्रमको अन्तमा भएको पत्रकार सम्मेलनमा भदौ अन्तिम साता भएको ११ औं महाधिवेशनले पारित गरेको प्रस्तावहरु उपमहाचिव अर्जुन जम्नेली राई, किरात प्रदेश अभियान बारे प्रेस विज्ञप्ति सचिव नागेशचन्द्र राईले वाचन गरेर सुनाएका थिए ।

    यायोक्खाको प्रदेश समितिलाई सफत ग्रहण र कार्यालय उद्घाटन

    किरात राई यायोक्खा १ नं. प्रदेश समितिको अध्यक्ष पारसमणि राई, उपाध्यक्ष सदरकुमार राई, सन्जयसन्तोषी राई, बलराम राई सचिव राम माण्डुपा राई, सहसचिव सुवास राई, सन्जिव राई, चक्र जेरो राई, कोषाध्यक्षमा उत्तम राई, सहकोषाध्यक्षमा सपना राईलाई यायोक्खा केन्द्रीय अध्यक्ष जिवन हाताचो राईबाट सफत ग्रहण भएको छ ।
    सदस्यहरु टिकाराम राई, सुमन राई, नवराज राई, प्रमोदजङ राई गरी १४ सदस्यीय समितिलाई सफत ग्रहण गराइएको छ । प्रदेशमा २९ सदस्यीय समिति हुने विधानमा व्यवस्था छ ।
    प्रदेश समितिको पदाधिकारी सदस्यहरुलाई सफत ग्रहणपछि यायोक्खा पूर्ब केन्द्रीय अध्यक्ष तिलक राईको हातबाट निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । यायोक्खा प्रदेश समितिको कार्यालय इटहरी स्थित तायारिप्चि भवनमा रहने छ । सो कार्यालय केन्द्रीय अध्यक्ष जिवन हाताचो राईको हातबाट उद्घाटन भएको छ । किरात प्रदेश अभियान अन्तर्गत अभिमुखी कार्यक्रम, सफत ग्रहण, कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य कमला राई, नरहाङ राई, प्रदेशको बिभिन्न जिल्ला समितिको अध्यक्ष, सचिवहरु उपस्थित थिए ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन …

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएक…

मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवाल…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्…