• पोखरा, ३१ असोज

    पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ । कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो ।

    परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएकाे छ । पाँच दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको छ ।

    टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिए । तीन ठाउँमा बस टर्मिनल निर्माण गरिने छ ।

    उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए । तीन चरणमा सबै काम पूरा हुने छ । पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ । दोस्राे चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्राे चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…