• लमजुङ, ३१ असोज 
    आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् ।

    चुनावी माहोल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ ।

    एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।

    प्रदेश ‘क’ मा नेपाली कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ र एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घलेबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुनेछ ।

    संघीय निर्वाचन र प्रदेश ख मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश क का उम्मेद्वारद्वय घले र गुरुङ बीच अहिले दोस्रोपटक प्रतिष्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् । 

    २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८ सय ९२ को झिनो मतान्तरले बिजयी भएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचन भने भारी हुनसक्ने आँकलन छ ।

    २०७९ मा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धनमा लमजुङमा अगाडि रहेको देखाउँछ भने प्रदेशसभा ‘क’ मा गठबन्धनको मत धेरै अगाडि देखिन्छ ।

    कुल ३६ वटा वडा रहेको लमजुङ प्रदेश सभा ‘क’ मा काँग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मत समेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ भने नेकपा एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।

    त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।

    त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ । गठबन्धनका उपमेयर÷उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए । उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ ।

    ४ पालिकाका ८ जना प्रमुख/उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन् । कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् ।

    जनताको अभिमतमा एकपटक परिक्षित भईसकेका जमिन्द्रमान र यसपटक परिक्षण हुने जमर्को गरीरहेका डा.टकराज गुरुङ मध्ये कस्ले मार्ला बाजी ? त्यसलाई हेर्नभने मंसिर ४ नै कुर्नपर्नेछ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…