• हरिप्रसाद भुसाल / कार्तिक ५, अर्घाखाँची

    अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो ।

    घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

    प्रहरीका अनुसार २० गते दिउसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट संगै वृद्धाभक्ता निकालेका दाजुभाई हिड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो ।

    दुई दाजुभाईबीच लेनदेनमा भएको विवादमा दाईले घचेट्दा भाई भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…