• मोरङ । नेपाली कांग्रेसको युवा नेता बिक्रम लिम्बूले केपी ओली श्रीपेच बिनाको राजा बन्न खोजेपछि गठबन्धनबाट निर्वाचनमा जानुपरेको बताए ।
    लिम्बुले संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको आज (शनिबार) भएको १० नं. वडाको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
    कांग्रेसको महाधिवेशन प्रतिनिधि लिम्बुले घमण्डि छोटे राजा ओलीलाई पछार्न नेपाली कांग्रेस गोलाकार भित्रको हँसिया हथौडा र कलममा मतदान गर्न तयार भएको बताए । 
    नेपाली कांग्रेस एक ढिक्का भएर संयुक्त लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन लागि परेको बिक्रम लिम्बूको भनाइ थियो । भेलामा नेकपा (एस)को प्रतिनिधि सभा सदस्यको समानुपातिक उमेद्वार कृष्णकुमारी बिक, माओवादी केन्द्रको केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर लगायतले मन्तब्य राखेका थिए ।
    कांग्रेस सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम माओवादी केन्द्रको अध्यक्ष गोबिन्द कटुवालले सञ्चालन र नेकपा (एस)को नगर सचिव देवेन्द्र वनेम लिम्बूले स्वागत मन्तब्य राखेका थिए ।
    भेलाले कांग्रेस वडा सभापति प्रकाश अधिकारी संयोजक, माओवादी केन्द्रको पदम गुरुङ र नेकपा (एस)का श्याम भट्टराई सहसंयोजक रहेको निर्वाचन परिचान समिति गठन भएको छ ।
    सदस्यहरुमा इन्द्रकुमारी लिम्बू, प्रेम केडी भट्टराई, झकबहादुर मगर, मनिस लिम्बू, राजिव योन्जन, चन्द्रकुमार तामाङ, सुरेश थापा, राजकुमार बिष्ट, अगम बोहोरा, संगीता दुलाल रहेका छन् ।
    त्यसैगरी मेघराज मिश्र, सुनिल दाहाल, सागर राई, पुष्कर शाही, जीवन लिम्बू, राजेश घिमिरे, भरतमणी आचार्य, राजु भुजेल, नवीन अघिकारी र प्रकाश शिवा रहेका छन् ।
    त्यसैगरी आजै वडा नं. ९ मा भएको भेलाले मेघबहादुर तामाङ संयोजक, सहसंयोजकमा इश्वर चौहान, थानेश्वर भट्टराई रहेको २१ सदस्यीय वडा निर्वाचन परिचान समिति गठन भएको छ ।
    सुक्रबार (४ गते) अपरान्ह भएको वडा नं. ८ मा बैद्धमान थापा संयोजक (नेका), सहसंयोजकमा माओवादीका अनिलकुमार लिम्बू, नेकपा (एस)का सुक्रबहादुर खजुम रहेको १८ सदस्यीय समिति गठन भएको छ ।

    बिहिबार भएको ७ नं. वडा भेलाले इन्द्रबहादुर गौतमको संयोजकत्वमा मोहन नेम्बाङ लिम्बू र कृष्णकुमारी गुरुङ सहसंयोजक रहेको १८ सदस्यीय समिति गठन भएको छ ।
    निर्वाचन परिचालन समिति गठनको लागि वडा भेलाहरुमा नेपाली कांग्रेसको ३ नं. क्षेत्रीय सभापति गणेश खड्का, पथरीशनिश्रे नगर सभापति रुपनारायण भट्टराई, नेपाली कांग्रेसको प्रदेश सदस्य लोकनाथ खरेल, गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उमेद्वार नगेन्द्र सुब्बा, कबिता पराजुली, बिक्रम लिम्बू लगायत अभियानमा लागेका थिए ।
    माओवादी केन्द्रको केन्द्रीय सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर मगर, प्रदेश समिति सदस्य रञ्जु कटुवाल, प्रेस सेन्टरको केन्द्रीय सदस्य अर्जुन जम्नेली, नगर समिति अध्यक्ष गोबिन्द कुटुवाल, उपाध्यक्ष कमल हाङबाङ लिम्बू, सदस्य मदन पोख्रेज, मान दियाली, बेदनिधि खनाल, मोहन लिम्बू लगायत अभियानमा लागेका थिए ।
    नेकपा (एस)का प्रदेश सदस्य चण्डीप्रसाद राई, मानप्रसाद लिम्बू, दिपक बस्नेत, कुमार चाम्लिङ राई, नगर अध्यक्ष तुलशी ढकाल, बिन्दु राई, युवा नेता बिकास राई लगायत वडा अभियानमा हिडेका थिए । वडा भेलाको समीक्षा पछि अर्को अभियान ल्याउने तयारी भएको माओवादी नगर अध्यक्ष गोबिन्द कटुवालले बताए ।


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …