• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग–२०७९ को उपाधि किर्तिपुर सातबाघले उचालेको छ । 
    आज (आइतबार) भएको फाइनल खेलमा रोयल किङ क्रिकेट क्लवबलाई तीन विकेटको जित निकाल्दै सातबाघले उपाधि उचालेको हो ।
    टस जितेर ब्याटिङ रोजेको रोयल किङले सातबाघलाई १०७ रनको टार्गेट दिएको थियो । रोयलले ९ बिकेटको क्षतिमा १०६ रन जोडेको थियो ।
    किर्तितपर सातबाघले जवाफी ब्याटिङ गर्ने क्रममा १८ ओभर ३ बलमा ७ विकेटको क्षतिमा टार्गेट पुरा गर्दै उपाधि उचालेको हो ।
    किर्तिपुर सातबाघले गत दोस्रो सिजनको उपाधि पनि जितेको थियो । यो बर्षको उपबिजेता रोयल किङ्स पहिलो सिजनको बिजेता टिम हो ।
    उपाधिसँगै लिग बिजेता किर्तिपुर सातबाघले १ लाख ११ हजार १११, उपबिजेता रोयल किङ्सले ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतम, नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतको हातबाट प्रदान गरिएको थियो । 
    फाइनल खेलको म्यान आफ द म्यान बिजेता सातबाघका खेलाडी अनिस लुइटेल घोषित भए ।
    प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी र बेष्ट ब्याट मेन क्लसिक ११ हसन्दहका संजिप धिमाल घोषित भए । बेष्ट फिलर र उदियमान खेलाडी क्लासिक ११ हसन्दहकै सोलोमान राई, सुधिर बस्नेत, बेष्ट बलर उपबिजेता रोयल किङ्सका विश्वजंङ बस्नेत र उत्कृष्ट म्याचको ट्रफी बुद्ध युनाइटेडका राकेश राई घोषित भए । उदयमान खेलाडी हिसाव किताबका नेल्सन दंगाल र क्लासिक ११ हसन्दहका सुजन खत्री घोषित भए । प्रतियोगिताको अनुशासित टिम क्लासिक ११ हसन्दह घोषित भए । 
    बिजेता टिमबाट अनिस लुइटेल, केलिन राई, आशिस महत, बिबेक मोक्तान, सिदार्थ धिमाल, पुकार राई, निदित राई, दिपेश भण्डारी, रहर लामा लगायत मैदानमा उत्रिएका थिए । 
    त्यसैगरी उपबिजेता रोयल किङ्सबाट भुपेन राई, महेश कार्की, भानु बिक, पावेल राई, सन्त बस्नेत, लुजा तामाङ, अरुण राई, राव बस्नेत लगायत मैदानमा थिए । 
    प्रतियोगिता बिजेता किर्तिपुर सातबाघ रोयल किङ्सलाई पराजित गर्दै स्कोरको आधारमा फाइनल प्रवेश गरेका थिए  । रोयल किङ्स भने क्लसिक ११ हसन्दहलाई पराजित गरेर फाइनल उत्रिएका थिए ।
    असोज २२ देखि सुरु भएको तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग–२०७९ प्रतियोगिता कार्तिक ६ गते समापन भएको हो । 
    यो सिजनमा ग्रुप ‘ए’बाट किर्तिपुर सातबाघ, क्लासिक ११ हसन्दह, बुद्ध युनाइटेड र बिरेन्द्रनगर स्टील टाइगर्स खेलेका थिए । समूह ‘बी’बाट हिसाब किताब ट्राईडेन्ट, रोयल किङ्स, मंगलबारे लिजेन्ड र आइतबारे अस्त्र प्रतियोगिता भिडेका थिए ।
    खेलाडी उत्पादन मुख्य उदेश्य राखेर आयोजनाहुँदै आएको क्रिकेट लिग प्रतिोगितामा अक्सन मार्फत खेलाडी आबद्ध गर्दै आएको छ ।
    पथरीशनिश्चरेमा क्रिकेटको माहोल ल्याउन पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग आयोजक समिति अध्यक्ष अरुण राई, उपाध्यक्ष बोधराज बस्नेत,सचिव राकेश राई, सहसचिव राकेश दाहाल, कोषाध्यक्ष पुकार राई, बिरोज मगर लगायतको टिम निरन्तर लागि परेका छन् । पथरीशनिश्चरे नगरपालिका, क्लवको फाउण्डरहरु र स्थानीय क्रिकेट प्रेमीहरुको साथ सहयोगले नगरका क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै आएको आयोजक समितिको अध्यक्ष अरुण राईले बताए । 
    क्रिकेट राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा श्रोता दर्शकले रुचालउने खेल मध्ये पर्छ । यद्यपि गाउँ तहमा भने दर्शक कम हुने गरेपनि बिस्तारै माहोल बढ्दै गएको आयोजक समितिको सचिव बिरोज मगरले बताए । युवाहरु यसरी क्रिकेट बिकासको लागि लागिरहँदा पथरीशनिश्चरे नगरमा एउटा पनि क्रिकेट मैदान नहुनु दुःखको बिषय हो । क्रिकेट प्रतियोगिता गराउदा फुटबलको मैदानमा स्वभाविक रुपमा बिग्रिने गर्दछ । त्यसैगले बर्षेनी क्रिकेट गराउदा मैदान बिग्रिने भएकाले कचकच सहनुपर्ने बाध्यता छ । आयोज र खेलाडीहरुले तीन बर्ष अघि देखि नै क्रिकेट मैदानको माग गर्दै आएका छन् । नगरमा कम्तिमा एउटा त्रिकेट मैदान तुरुन्त व्यवस्था गर्न नगरपालिका, राजनीतिक तथा सामाजिक ब्यक्तिहरु लाग्नु पर्ने देखिन्छ ।
    खेलले मानिसलाई मनोरञ्जनको साथै शारीतिक तन्दुरुस्ति र भावनान्तमक एकता कायम गर्दछ । खेल क्षेत्रको बिकास गाउँगाउँबाट गर्न स्थानीय सरकारको सहयोग र स्वच्छ छबि लिएर युवाहरु अगाडि बढ्नु पर्दछ । पथरीशनिश्चरेमा क्रिकेट, फुटबल खेलको नगर स्तरीय लिग प्रतियोगिता हुँदै आएको छ ।
    पथरीमा १ नं. प्रदेशको पूर्ब मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बुद्धिचाल (चेस)को राष्ट्रिय स्तरको  प्रतियोगिता हुँदै आएको छ । तीन वटै खेलले निरन्तरता पाए नगरमा खेलाडी उत्पादनको साथै यी इभेन्टहरुको कारण पथरीशनिश्चरे नगरपालिकाको प्रचार प्रसारमा पनि टेवा पुग्ने देखिन्छ ।

    फाइनल खेलको तस्वीरहरु

      


     

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…