• जुम्ला,  ७ कात्तिक

    असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्यि प्रशारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति   अवरुद्ध भएको  हो । दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

    बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्यि विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने,क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।

    दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भइरहेको जनाएको छ । यही विजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।

    टोल, क्षेत्र कलष्टर मिलाएर विजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने, 'स्थानीय स्तरमा उत्पादित विजुली कम क्षमताको छ । यो विजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।'

    क्षति भएको स्थानमा विजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…