• जुम्ला, ७ कात्तिक

    सुन्दा सामान्य लाग्ने र ’माइनर क्राइम’का मानिने चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ। जतिबेला ठूला चाडपर्व सुरु हुन्छ त्यति नै वेला चोरीका घटना यहाँ माैलाउने गरेका छन् । चाडबाडकाे वेला सर्वसाधारण रमझममा लागेकाे मौका छाेपेर चाेरले धान सम्पति लुटपुटाउने गरेका छन् । 

    २१ असोजकाे राति  वीरेन्द्र कपडा पसल र विष्णु सुनचाँदी पसलमा ठूलाे आगलागी भयो । आगलागीको कारण चोरी थियो । चन्दननाथ नगरपालिका-९ का तिलक भण्डारीको कपडा पसलकाे सामान चोरी गर्न नसकेपछि आगो लाइएदिएकाे अनुमान छ । आगोलागीबाट सबै सामान जलेर नष्ट भयो । यही पसलबाट सल्किएकाे आगाेले विष्णु सुनचाँदी पसल पनि खरानी भयाे । 

    तिहार नजिकिँदै गर्दा जुम्लामा फेरि यस्तै घटना भएकाे छ । शनिबार राति ९ बजेतिर  न्यु लक्ष्मी सर्भिसिङ सेन्टरमा आगलागी भएकाे छ । चन्दनाथ नगरपालिका-४ का नन्दु सार्कीकाे सर्भिसिङ सेन्टरमा डिजल र पेट्राेल छर्केर आगलागी भएकाे छ । सञ्चालक सार्की भन्छन्, 'शनिबार भएकाले ५  बजेतिर पसल बन्द गरेर घर गएको थिए ।राति साढे ९ बजेतिर पसलमा आगलागी भएको खबर आयाे । सटर फोडेर सामान चोर्न सम्भानवा नभएपछि आगजनी गरिएको अनुमान छ ।' आगजनीबाट केही थान मोटरसाइकल र अटो सर्भिसिङका सबै मेसिन नष्ट भएकाे उनले बताए । सार्कीका अनुसार २५ लाख बराबरको  सामान नष्ट भएको छ ।

    जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार अहिलेसम्म अनुमान मात्रै गरिएकाे र थप अनुसन्धान नभइ कसले आगजनी गरेकाे हाे भन्न सकिँदैन । सबैभन्दा बढी चोरीका घटना चाडबाडमा हुने गरेको प्रहरीको अपराधसम्बन्धी वार्षिक आंकडाले देखाउँछ। यसबाट जुम्लासहित देशका कुनै भाग अछुतो छैनन् ।  प्रहरीको वार्षिक अपराध चार्टभित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिएको पाइन्छ । 

    अनुसन्धान गर्ने कठिन   
    तत्कालिन प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँ हुँदा जुम्ला बजारका मुख्य मुख्य चोकमा सिसिटभी राख्ने निणर्य भएको  थियो । चोरी जस्ता आपराधिक गतिविधि रोक्न र प्रहरीलाई अनुसन्धानमा सहज गर्न यस्तो निर्णय भएको हो ।

    प्रशासनले सिसिटिभी राख्ने अनुमति दिने र चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा राख्ने भनिएको थियो । याे निणर्य कार्यान्वयन नहुँदा अनुसन्धान गर्न चुनौती भएकाे नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, 'जुम्लाका हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी अति आवश्यक छ ।'

    यस्तै, नेपाल पत्रकार माहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले सवारी साधनहरूमा आगलागी गर्ने समूह पनि जुम्लामा छन् ।  उनले भने, 'चोरीलाई शहरी जीवन निर्वाहको पेसा’ बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका समूह बढ्न थालेको छ । यस्ता गतिविधि रोक्न प्रहरीलाई सबैको सहयोग आवश्यक छ ।' 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…