मोरङ । मोरङको पथरी शनिश्चरे स्थित इलाका प्रहरी कार्यालयले प्रतिबन्दित एक बोरा बिभिन्न प्रकारका पटका नियन्त्रणमा लिएर डिस्पोज गरेको छ ।
सरकारले पटका बिक्री वितरण पट्काउन निषेध गरेको छ । यो बर्ष प्लाष्टिक तथा रवरको फूल माला बिक्री गर्नसमेत प्रतिबन्द गरेको छ ।
पथरी र शनिश्चरे बजारमा प्रतिबन्दित बभिन्न साइज र प्रकारको पटका बिक्री गर्दै आएको जानकारी आएपछि सामान नियन्त्रणमा लिएर बिक्रेतालाई एक पटकको लागि छाडिएको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए ।
पक्राउ परेको बिष्फोटक पदार्थ ५० हजार बराबरको रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको पटका आज .(मंगलबारं) पानीमा लगाएर डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।