• मोरङ । एमाले १ नं. प्रदेश सदस्य पर्शु मिश्र मंगलबार अपरान्ह मोरङको पथरी शनिश्चरेको–१ को लुडो चोक पथरीमा कुटपिट भएको छ ।
    मिश्रलाई पथरी उद्योग वाणिज्य संघका महासचिव राजेन्द्र बस्नेतले कुटपिट गरेको प्रत्यक्ष दर्शीहरुले बताए । राजेन्द्र बस्नेत गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पथरीशनिश्चरे–१ नं. वडा अध्यक्षको उमेद्वार हुन् । बस्नेत एमालेको तर्फबाट बिजेता वडा अध्यक्ष भीमकुमार राईको निकटतम प्रतिद्वन्दी हुन् ।
    सोमबार साँझ राजनीतिक बिषयमा भएको फोन वार्ताको क्रममा मिश्रले बस्नेतलाई अपशब्द बोलेको भन्दै मंगलबार साँझ कुटपिट गरेका हुन् ।
    एमाले केन्द्रीय सदस्य युवराज बास्कोटासँग पथरीको लुडो चोक (अन्नपूर्ण बोर्डिङ स्कुल दक्षिण) खुसी होटलमा पुगेका मिश्रलाई हिजो किन ‘चुतिया’ भनेको भन्दै बस्नेतले गाला पड्किने गरी झापट हानेको प्रत्यक्षदर्शीहरुले बताए । बस्नेतले सरासर तीन झापट हानेपछि कुर्सी उठाएर हानेपनि अरुले समाउनुको साथै मिश्र छलिएर टाउकोमा नलागेको बताइएको छ ।
    यसरी मिश्रलाई बस्नेतले पिटिरहँदा पथरी यलम्बर चोकका केदार बराल (बोली नआउने) युवाले एमाले केन्द्रीय सदस्य युवराज बास्कोटालाई घोक्य्राइ, मुन्ट्याइ गरेको प्रत्यक्ष दर्शीले बताए ।
    एमालेका कुलमनी गुरुङ, नेपाली कांग्रेसका नगर सचिव सन्तोष कटुवाल, सुविन पराजुली लगायतका युवाहरु घट्ना स्थलमा थिए ।
    सोमबार साँझ नेपाली कांग्रेसका नेता केशव दुलालको फोनबाट पर्शु मिश्रसँग भएको सम्पर्कमा पार्टी प्रवेशको बिषयलाई लिएर मिश्रले बस्नेतलाई ‘चुतिया’ शब्दको प्रयोग गरेको बिषयलाई लिएर कुटपिट भएको हो ।
    चुतियाको अर्थ तुच्छ, नीच, निकृष्ट भन्ने हुन्छ । कांग्रेस नेता केशव दुलालले मिश्रलाई गरेको फोन लाउड स्पीकमा राजेन्द्र बस्नेत आफैले सुनेका थिए । 
    श्रोतको अनुसार केशव दुलालले मिश्रलाई फोन सम्पर्क गरेर लाउड स्पीकमा राजेन्द्र बस्नेत एमालेमा प्रवेश गर्ने बिषय राखेका बुझिएको छ ।  उत्तरमा पर्शु मिश्रले ‘त्यो चुतियालाई एमालेमा ल्याउदैनौ’ बरु दीपक बस्नेत (नेकपा, एस)आयो भने विचार गर्छौ भनेको राजेन्द्र बस्नेत आफैले सुनेपछि कुटपिटको घट्ना भएको बुझिएको छ ।
    घट्नाको बिषयमा सम्पर्कको प्रयास गर्दा पर्शु मिश्रको मोवाइल उठेन । केन्द्रीय सदस्य युवराज बास्कोटाले भने घट्नाको अन्तर बस्तु माथि आफूलाई जानकारी नभएको र बोलि नआउने अपरिचित ब्यक्तिले एक्कासी ठेलठाल भने गरेको बताए ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…