• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पर्सि ११ गतेदेखि हुने पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२ को तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।
    प्रतियोगिता पर्सि कार्तिक ११ गतेदेखि प्रस्तावित पथरीशनिश्चरे रंगशालामा हुँदेछ । प्रतियोगिताको लागि शरणार्थी शिविर डाँडामा गेट निर्माण गर्नुको साथै फुटबल मैदान सिगारेर चिटिक्क बनाइएको छ  ।
    प्रतियोगिताको उद्घाटन खेल दमक एकेडेमी र पथरी ११ एफसीवीच हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूले बताए । 
    प्रतियोगितामा चारतारे एफसी लेटाङ, भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय पथरीशनिश्चरे गरी आठ वटा टिम सहभागी हुने आयोजक समिति संयोजक लिम्बूले बताए ।
    प्रतियोगिताको सम्पूर्ण खर्च अमेरिकामा बस्ने नेपाली भाषि युवाहरु अर्जुन विष्ट, विक्रम भट्टराई लगायत अमेरिकामा बस्ने युवाहरुले बेहोर्ने बताइएको छ ।


     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…