मोरङ । चारतारे युवा क्लव लेटाङ मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा जारी ‘दोस्रो पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२ को सेमी फाइनलमा प्रवेश गरेको छ ।
आजको भएको खेलमा भुटानी शरणार्थी शिविर शनिश्चरेलाई ३–० गोल अन्तरले पराजित गर्दै चारतारे युवा क्लव प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो ।
चारतारे युवा क्लवको लागि सौजन याक्खाले नै मध्यन्तर अघि १ र मध्यन्तरपछि प्यानल्टि सुटआउटमा २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता चारतारे युवा क्लवका खेलाडी सौजन याक्खा घोषित भए । उनलाई कार्यक्रमको प्रमुख अतिथि समाजसेवी सन्तोष सेरेङको हातबाट ट्रफी र नगद प्रदान गरिएको थियो ।
भोली जहदा कानेपोखरी र टेन नवोदय पथरीशनिश्चरेवीच प्रतियोगिताहुने आयोजक समितिको अध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए । यस अघि पथरी ११ र बेलबारी फएसी प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरिसकेको छ ।