मोरङ । चारतारे लेटाङ्ग उपाधि नजिक, आज टेन नवोदय पथरी र बेलबारवीच सेमी फाइलन खेल हुने
मोरङ । पिट्सबर्ग च्यालेन्ज कप दास्रो संस्कारण उपाधिको लागि चारतारे युवा क्ल लेटाङ र बेलबारी एफसीवीच प्रतिष्पर्धा हुने भएको छ ।
आज (बुधबार) भएको दोस्रो सेमी फाइनल खेलमा पथरी–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारी फाइनलमा प्रवेश गरेपछि उपाधि नजिक पुगेका हुन् ।
खेलको पहिलो हापको तेस्रो मिनेटमै बलबारीको सुरज राईले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलको म्यान आफ द म्याच सुरज राई घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतमको हातबाट ट्रफी र नगद प्रदान गरिएको थियो । अतिथिहरुलाई स्थानीय समाजसेवी कमल कमाल हाङबाङ लिम्बू र प्रदिपकुमार राईको हातबाट मायाको चिनो प्रदान गरिएको थियो ।
यस अघि चार तारे युवा क्लव लेटाङ फाइनलमा प्रवेश गरिसकेकोले पर्सि कार्तिक १८ गते बेलबारीसँग फाइनल खेल हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूले बताए । फाइनल खेल अघि स्थानीय कलाकार र प्रहरीवीच प्रदर्शन खेल हुने आयोजक समितिले जनाएको छ ।