• बारा,   १७ कार्तिक

    बाराको निजगढ नगरपालिका ८  स्थित अस्सी बिगाहमा रहेको तीन विघा उखुखेतीमा भिषण आगलागी भएको छ ।

    आज दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । स्थानीय हिरा सारु मगरको १ विघा र राम खत्रीको २ विघा उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिए ।

    आज दिउँसो एकासी लागेको आगलागीबाट तीन विघा जमिनमा लगाएकोे उखु पूर्ण रुपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’ 
    स्थानीयका अनुसार आगलागी भएको उखुखेतीमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्त्काल निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकल पठाएर आगो नियन्त्ररणमा आएको बताए । 

    आफूलाई खबर प्राप्त हुने बितिकै निजगढ नगरपालिकाको दमकल पठाएकाे तर एउटा दमकलले मात्र आगो नियन्त्रण नहुने भएपछि कोहल्वी नगरपालिकाको दमकल पठाएकै कारण बढी क्षती हुनबाट जाेगिएकाे उनले बताए । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ नगरप्रमुख पुरुले भने, ‘आगो लागेको उखुबारी भित्रनै गएर दमकलले आगो नियन्त्रण लिन सफल भयो जसको कारण थप बढी क्षति हुन पाएन ।’ 

    आगो स्थानियबासी प्रहरीको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताए । 

    आज एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा कसैले बस्तुका निम्ति घास पलाउनका लागी आगो लगाएको हुन सक्ने किसानले अनुमान गरिएको छ । उखुबारीसँगै रहेको एक प्लेटिङ गरी बिक्र्रीका निम्ती खाली राखिएको जमानमा घास पलाउने आशामा केही कसैले आगो लगाएको हुनसक्ने किसनको भनाई छ ।  ‘आगो कसले लगायो यस विषयमा प्रहरी प्रशासनले खोजी गरि आवश्यक कारवाही गर्नुपर्दछ,’ कसानले भने ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …