• २०७४ फागुन २० आइतवार


    डोटी ;  नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अहिले नै सरकारको विरोध गर्न जरुरी नभएको बताएका छन् ।

     

    पार्टी कार्यकर्तासँग भेटघाट गर्न आइतबार डोटी पुगेका सिटौलाले सय दिन हनीमुन अवधि हुने बताए ।

    उनले भने  त्यसपछि सरकार कसरी अगाडि बढ्छ  त्यसै आधारमा समर्थन वा बिरोध हुन्छ ।

    उनले अघि भने  ओली र प्रचण्ड जीको हल गोरु छ  यसले हलो तान्छ कि जुवा भाँचेर दुईतिर हुन्छन्  त्यो हेर्न बाँकी छ ।

    हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं  उनको छोरीलाई जितायौं र पनि उनलाई आफूसँगै राख्न सकेनौं  महन्त ठाकुरलाई सघायौं उनले हामीमाथि नै आक्रमण गरे  उनले अघि भन  राजावादीलाई  बोकेर मन्त्री बनायौ   उनले उल्टो मलाई नै हराइदिए ।

    उनले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने बताए ।

     

    साथै सिटौलाले कांग्रेस निर्वाचनमा पराजित हुनुको मुख्य कारण रणनीतिगत असफलता भएको बताए ।

    शक्ति संचयको दृष्टिले हामीमा रणनीतिक कौशलता भएन  उनले भने  कांग्रेस नयाँ परिस्थिति अनुसार विचार  नीति र कार्यक्रमले परिवर्तन हुनुपर्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…