• मोरङ । मोरङको पथरीशनिश्चरे–१० मा भएको दोस्रो पिट्सबर्ग च्यालेन्ज कप–२०२२ को उपाधिको पुन बेलबारी एफसीले उचालेको छ ।
    आज (सुक्रबार) भएको फाइनल खेलमा चारतारे युवा क्लव लेटाङ्गलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि पुन बेलबारीले कब्जा जमाएको हो ।
    खेल अवधिभर कुनै गोल नभएपछि निर्णय ट्राइवेकरबाट गरिएको थियो । ट्राइवेकरमा बिजेता बेलबारीको लागि निशान लिम्बू, मौसम सुब्बा, अभिशेक गुरुङ, सुरेन राईले गोल गरेका थिए भने बिल्सन गिरीले प्रहार गरेको गोल विपक्षी रक्षक टेकेन्द्र थापाले रोकेका थिए ।
    चारतारे युवा क्लवको लागि अशोक खवास, जय गुरुङले गोल गरेपनि शुसिल राई र अभिशेक लिम्बूले गरेको गोल विपक्षी बेलबारीको रक्षक किशोर गिरीले राकेर आफनो टिमलाई उपाधी दिलाएका हुन् ।
    फाइनल खेलको म्यान आफ द म्याच र बेष्ट किपरको  बिजेता बेलबारीका गोल रक्षक किशोर गिरी घोषित भए । बेष्ट डिफेन्स, मिड फिल्डर र फरवार्ड चारतारे लेटाङका खेलाडी अभिशेक लिम्बू, जय गुरुङ र भुवान बस्नेत घोषित भए ।
    सार्वधिक गोलकर्ता ३–३ गोल गर्ने बेलबारीका सौरव याक्खा र चारतारे लेटाङका रुपक लामा घोषित भए । बेष्ट कोच बेलबारी एफ.सी.का राजकुमार राई घोषित भए भने बेष्ट प्लेयर विवेक पौडेल घोषित भए । यो कपको अघिल्लो सिजन पनि बेलबारलिे जितेको थियो ।
    प्रतियोगिताको प्रथम र दोस्रो हुने क्लवलाई क्रमस २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
    समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो । यो सिजनमा मोरङ र झापाको ८ टिम सहभागी रहेका थिए । प्रतियोगिताको सम्पूर्ण खर्च अमेरिकामा बस्दै आएका नेपाली भाषी युवाहरुले ब्यबसथापन गर्दै आएका छन् ।

    प्रदर्शनी खेलमा इलाका प्रहरी बिजयी 
    फाइनल अघि भएको प्रदर्शनी खेलमा इलाका प्रहरी कार्यालय पथरी र आयोजक भ्याटन टिमवीच प्रतिष्पर्धा भएको थियो । इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतम र आयोजक भ्याटन टिमको नेतृत्व संयोजक गणेश थक्लुङ लिम्बूले गरेका थिए ।
    प्रदर्शनी खेल अवधिमा २ बराबरी गोल भएपछि भएको ट्राइवेकरमा ३–२ गोल अन्तरले प्रहरी बिजयी भएको थियो । प्रदर्शनी खेलको बिजेतालाई १५ र उपविजेतालाई १० हजार नगद प्रदान गरिएको थियो ।
    फुटबल फाइनल कार्यक्रमपछि गायिका सुनिता थेगिम, गायक बिनोद खम्बू र अर्जुन विष्टले गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …