• मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फ १ नम्बर क्रम संख्यामा दुर्गा राईको नाम छ ।
    पार्टीको बन्द सूचीमा १ नम्बरमा परेपछि दुर्गा राई को हुन ? कसरी १ नम्बर परे भनेर चर्चा हुने नै भए । दुर्गा राई माओवादीको तर्फबाट यो पटक मात्र उमेद्वार होइनन्  । २०६४ को संविधान सभा सदस्यको निर्वाचन र २०७४ को प्रतिनिधि सभाको चुनावमा पनि समानुपातिक उमेद्वार हुनुहुन्थ्यो  । 
    हरेक निर्वाचनमा आफू सांसद हुने नहुने निश्चित नभएपनि पार्टीको लागि मज्जले खट्दै आएका ब्यक्ति हुन् दुर्गा राई  । यो त भयो चुनावी कुरा । उहाँ (दुर्गा राई)को सांगठानिक र वैचारिकको साथै भौतिक लगानी पनि उत्तिकै छ  ।

    बि.स. २०१७ साल असोज २८ गते भोजपुरको साबिक छिनामखु–२ मा जन्मिएर विद्यर्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभयो । 
    त्यसबेला राजनीतिक दलहरु भूमिगत थिए । राजनीतिको कुरा गर्दा उहाँ स्कुले जीनवदेखि नै संगठनमा लाग्नु भयो । २०३५ सालमा एस.एल.सी. दिएपछि अझ सक्रीयताको साथ लागेको अनुभव सुनाउनु हुन्छ । २०३८ सालमा अनेरास्ववियु छैठौको  भोजपुर जिल्ला समितिको कोषाध्यक्ष भएर काम गर्नुभयो । 
    पार्टी भूमिगत थियो । धेरै काम विद्यार्थीहरुले गुर्नुपथ्र्यो । २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलनको करण निरंकुश पञ्चायती व्यवस्था विरुद्ध जनमत संग्रह गर्न बाध्य भयो । 
    कम्युनिष्ट पार्टीको सदस्यता लिन आजभोली जस्तो सस्तो र सजिलो थिएन । संगठनमा काम गरेको ४ वर्षपछि २०३८ सालमा चोैथो महाधिवेशन (चौम)को (पार्टी) सदस्यता लिनुभयो । नेपाल कम्युनिष्ट पार्टी टुटफुटप हुँदा चौथो महाधिवेशन (चौम) पनि २०४० सालमा बहुमत र अल्पमतमा विभाजित भयो । बहुमतको मोहनविक्रम सिंह र अल्पमतको निर्मल लामाले नेतृत्व गरे । भोजपुरका अधिकांश अल्पमततिर लाग्दा दुर्गा राई बहुमतको पक्षमा रहनुभयो । २०४१ सालमा दुर्गा राईसहित ३ जनाको भोजपुर जिल्ला समिति निर्माण भयो । केशर प्रधान सेक्रेटरी, गणेश थापा र दुर्गा राई सदस्य रहेको । 
    पार्टी भूमिगत भएकोले झण्डा, ब्यानर पटुका बनाएर बोक्नु पथ्र्यो । धेरै पटक झण्डा पटुका भित्र लुकाएर कार्यक्रम स्थल पु¥याएको अनुभव सुनाउनुहुन्छ । पार्टीको काम गर्दैगर्दा भारतमा संगठनको महाधिवेशन हुने भयो । महाधिवेशनको प्रतिनिधि छान्न २०४४ साल फागुन १६ गते नेता रामबृक्ष यादव भोजपुर आउनु भयो । 

    पार्टी भुमिगत भएकाले महाधिवेशन प्रतिनिधि छान्न धनसुरे जंगलमा बैठक भयो । बैठकबाट दुर्गा राई महाधिवेशनको प्रतिनिधि छानिनु भयो । भारतमा भएको त्यही सम्मेलनले नै प्रचण्डलाई पार्टीको महासचिव बनायो । जिल्लामा कम्युनिष्ट पार्टीको नेताको रुपमा स्थापित हुनुभएको दुर्गा राई २०४६ सालमा अध्ययनको सिलसिलामा काठमाडौ जानुभयो । 

    काठमाडौमा दुई छोराहरुको शिक्षा (हाल एक छोरा डाक्टर, अर्को इन्जिनियर), लालन पालनसँगै जनयुद्धका घाइतेहरुको उपचारको ब्यबस्थापन, समाग्री ओसारपसार, नेतृत्वको सेल्टर ब्यबस्थापन लगायतका काम गरिनै रहनुभयो । 
    पार्टी खुल्ला भएपछि उपत्यकामा थप क्रियाशिल हुनुभयो । योगदानकै आधारमा पार्टीले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभाको समानुपातिक उमेद्वार बनायो । यद्यपि उहाँ त्यो बेला सांसद बन्नु भएन् ।

    माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ती मोर्चाको २०६९े मा उपाध्यक्षहुदै अध्यक्षसम्म, बैद्य नेतृत्वको (नेकपा–माओवादी) र प्रचण्ड नेतृत्वको पार्टी एकता हुँदा माओवादी केन्द्रको पोटिब्युरो सदस्य, आदिबासी÷जनजाति संयुक्त मोर्चाको केन्द्रीय कार्यालय सदस्य तथा वर्तमान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र पार्टीको अनुशासन आयोगको पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।
    बिभिन्न पत्रपत्रिका, अनलाइन र मुखपत्रहरुमा नेपाली समाज, समानता र सामाजिक कुरितीहरुबारे लेखहरु लेख्दै आउनु भएको दुर्गा राईको ‘समाजवाद र नेपालको आदिबासी जनजाति’ पुस्तक प्रकाशन्मुख रहेको छ । राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको बिभिन्न समितिहुँदै केन्द्रीय उपाध्यक्ष र सल्लाहकारसम्म हुनुभयो ।
    माओवादी केन्द्रबाट तपाई कसरी १ नम्बरमा पर्न सफल हुनुभयो भन्ने प्रस्नमा उहाँ भन्नुहुन्छ ‘म २०३५ सालदेखि निरन्तर कम्युनिष्ट पार्टीमा सक्रिय छु, सांगठानिक अनुशासनमा रहेर लाभको पद नलिइ चार दशक बढी काम गरेको, पार्टी संगठनमा गर्दै आएको योगदानले हो ।’ उहाँ थप्नु हुन्छ ‘बाल्यकालदेखि हालसम्म झण्डै ४४ बर्ष भएछ निरन्तर पार्टी संगठनमा छु ।’
    यतिबेला पार्टी र संगठनलाई भोट माग्न काठमाडौ, ललितपुर, सुनसरी, मोरङ जिल्लाको साथै आफ्नो आधार जिल्ला भोजपुरको गाउँ टोलटोलसम्म पुगिरहनु भएको छ दुर्गा राई ।
    किन तपाई वा माओवादीलाई भोट दिने भन्ने प्रस्नमा उहाँको भनाइ यस्तो छ ।
    प्रतिनिधि सभा सदस्यले मुख्य त नीति निर्माणमा लाग्ने हो । देशलाई आवश्यक पर्ने नीति निर्माणकै लागि हो । सँगै म भोजपुरमै जन्मे हुर्कैको मान्छे हुँ । भोजपुरकै सेवामा समर्पित छु । यहाँका जनताको सुख दुःख बुझेको छु । घाँस, दाउरा, कुटो केदालो र गोठाला खेतालाको बारेमा बुझेको छु । यहाँको सडक, विद्युत, खानेपानी, पर्यटन उद्योगको विकास, बेरोजगार युवाहरुको व्यवस्थापान, गुणस्तरीय शिक्षा, आधुनिक कृषि, निशूल्क उपचारको ब्यावस्था, बृद्धबृद्धाहरुको समस्या समाधानमा मेरो पहल रहने छ ।
    संबृद्ध नेपाल निर्माणको साथै भोजपुर बिकासको लागि मेरो जोड रहनेछ । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को प्रतिबद्धाता कार्यान्वय गर्न प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ माओवादी केन्द्रको चुनाव चिन्ह गोलोघेरा भित्रको हँसियाहथौडामा भोट दिन आग्रह गर्दछु । सबैलाई विदित छ । समानुपातिक उमेद्वारको ७७ वटै जिल्ला आफ्नो क्षेत्र हो । त्यसैले म केही हप्ता अन्य जिल्लामा पनि गए । तर, भोजपुर जिल्ला जन्म स्थल र आधार जिल्ला भएकोले यहाँबाट सम्मान जनक भोटको अपेक्षा गरेको छु ।

    दुर्गा राईसँग कुराकानीको आधारमा रातोकलमले तयार पारिएको

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…