मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
सोमबार भएको सभाले अध्यक्षमा कुलबहादुर गुरुङ, उपाध्यक्षमा प्रेमकुमार गुरुङ, गिरिराज गुरुङ, महासचिवमा हेमभक्त गुरुङ, सचिवमा परशुराम गुरुङ र कोषाध्यक्षमा डाकबहादुर गुरुङ सर्वसहमत निर्वाचितहुनु भएको छ ।
सदस्यहरुमा भेषबहादुर, कुमार, बलराम, कुमारी गुरुङ, मोहन, प्रसल, सुरेन्द्र, चित्ररेखा र विष्णु गुरुङ चयनहुनु भएको हो ।
लेखा समितिको संयोजकमा लिलाबहादुर गुरुङ र सदस्यहरुमा यामबहादुर गुरुङ चयनहुनु भएको छ ।
खुल्ला सभामा पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साङ्हाक छोइलिङ गुम्बा अध्यक्ष डीबी लामा, आमा समूहका अध्यक्षका प्रेमकला गुरुङ, दुर्गा गुरुङ लगायतले शुभकामना दिनुभएको थियो ।
