• बैतडी, ३० कात्तिक

    डिलाशैनी गाउँपालिका-६ का गोविन्दनाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१  सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । याेगीलाई प्रधानपञ्चदेखि  वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । याेगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए । 

    सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध उत्रिएका थिए । त्यसयता उनी चुनाव लडेका छैनन् । ‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा  पाँच लाख आउथ्यो भने गाउँपञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो । उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो ।’ याेगीले भने । 

    उनी विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । साथै खाद्यन्न संकटका वेला अमेरिकी मकै वितरण गरेको उनलाई याद छ । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफुलाई सुरक्षाको चुनौती रहेको बताएकाे उनी सुनाउँछन् ।  

    याेगी अहिले भने एमालेलाई साथ दिँदै आएका छन् । सदस्यता कुनै पार्टीको नभए पनि एमालेलाई भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउछन् । 

    उतिबेला नेता भैदिनु पर्यो भन्दै गाउँलेहरु एक जनालाई अगाडी बढाउँथे, अहिले नेता बन्न लडाई हुने गरेकाे उनी बताउँछन् । जसको घरमा बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जनभन्दा बढी पटक चुनाव लडे पनि अब भने चुनाव लड्ने रहर छैन् ।  

    याेगी नाै छोरी र दुई छोराका बाबु हुन् । उनकी एक छोरीले माओवादी द्धन्द्धमा सामेल हुँदा ज्यान गुमाइन् ।  उनलाई अहिलेका नेताहरूमा इमान्दारिता घटेको महसुस हुन्छ । नयाँ राजनितिकर्मीलाई बोलेका वाचा पुरा गर्न र पुरा नहुने आश्वासन नदिन उनको आग्रह छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…