• सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी (राजन केसी)लाई उम्मेदवार बनाएको छ । केसीले २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए । 

    अहिले उनै प्रचण्डसहितको उनको पार्टी माओवादी केन्द्रको समर्थनमा चुनावी मैदानमा छन्, राजेन्द्रकुमार केसी । तर, उनलाई चुनौती दिनेगरी कांग्रेस परित्याग गरी राप्रपा गएका बलराम थापाले उम्मेदवारी दिएका छन् । 

    २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका केसी यसपटक राप्रपाका थापा,  एमालेका हिमेश केसीसहितको उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । 

    दक्षिणकालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलराम थापाले एमसीसी पास गर्न भूमिका खेलेकाले कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवार बनेको बताए । 

    यसअघि निर्वाचनमा जिताउन भोट माग्दै हिँडेका थापाले यसपटक उनै केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् । 

    चुनावी सभामा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र, जिल्ला अध्यक्ष नवराज सिंखडालगायत राप्रपाका नेता सहभागी थिए ।  

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…