• कास्की- २ मा एकीकृत समाजवादीका उम्मेदवार  हुन्, श्रीनाथ बराल ।  पार्टीको पोलिटब्युराे सदस्यसमेत रहेका बराल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट एमालेका रवीन्द्र अधिकारीलाई विजयी गराउन भूमिका खेलेका थिए ।  दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे ।  यहाँ  एमालेकी विद्या भट्टराई उनकी प्रतिस्पर्धी हुन् ।   उनै श्रीनाथसँग न्युज कारखानाले गरेको कुराकानी :

    चुनावको मिति नजिकिँदै गएको छ, ढुक्ढुकी कत्तिको बढेको छ  ?

    ढुकढुकी कत्ति पनि बढेको छैन । कास्कीमा हामीले नै बनाएको मजबुद्ध संगठन र पाँच दलीय गठबन्धनका कारण म जितको नजिक छु । राम्रो भएको छ । जति चुनाव नजिकिँदै छ, हामी त्यही उत्साहित छौँ । 

    सधैँ एमाले उम्मेदवार जिताउन लागि परेको तपाईं यसपटक आफै उम्मेदवार हुनुहुन्छ ? टिकट पाउनलाई पार्टी नै परिवर्तन गर्नु पर्‍याे है ?

    होइन । एउटा परिस्थितिले त्यस्तो हुन पुग्यो । एमालेमा छँदा मलाई अन्याय भएको थियो । तर, अहिले काम गरेर देखाउने बेला आएको छ । अहिले सबै दलका नेता कार्यकर्ताहरूको साथ समर्थन मलाई छ । एमालेजनहरूले पनि मलाई नै माया गर्नुहुन्छ । सबैको मतले बहुमत ल्याउँछु । 

    घरदैलोका क्रममा मतदाताहरू के भन्छन् त ?

    उनीहरूकाे भनाइबाट एकदमै उत्साही छु । सबैले माया गर्नुभएको छ । हामीसँग विश्वास खोजिरहनु भएको छ, जसको म सम्मान गर्छु । 

    यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ ?

    पक्कै पनि  । कास्कीमा हाम्रो संगठन मजबुत छ । पार्टी र पाँच दलीय गठबन्धन नै कास्कीमा सशक्त भएकाले यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ  । 

    तपाईंको चुनाव जित्ने मुख्य आधार के के हुन् ? 

    मुख्य आधार भनेको त सत्ता गठबन्धन नै हो । दोस्रो हाम्रा एजेण्डाप्रति पोखरेलीहरू खुसी छन् । अर्को आधार भनेको यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको अपार माया हो । जुन मायालाई मैले वर्षौंवर्षसम्म सम्झेर मेरो क्षेत्रमा मात्रै नभई समग्र कास्की र देशकै भलो हुने काम गर्नेछु । मैले विगतमा अझ भनौँ ४० वर्षसम्म यो क्षेत्रमा गरेकाे योगदानको कदर गर्दै उहाँहरुले कलममा मतदान गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ । 

    महंगी न्युनीकरण गर्ने विषयमा यहाँका योजना के के छन् ? 

    महंगी नियन्त्रण र समृद्धि मेरो एजेण्डा हो । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…