• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् । 

    वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे । 

    सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ आरोप लगाएका छन् । डा. महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दावी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…