• मोरङ । प्रचारप्रशार गर्न पाउने अन्तिम दिनसम्म आइपुग्दा मोरङ ३ नं. क्षेत्रको प्रतिनिधि सभा सदस्यको उमेद्वार सुनिल शर्मा आक्रमक र भानुभक्त ढकाल रक्षात्मक भएको देखिएको छ ।
    आगामी मंसिर ४ (तीन दिनपछि) मतदान हुने निर्वाचनको आज १ गतेसम्म प्रचारप्रशार गर्न पाउने दिन थियो । शर्माको टोलीले आज पथरीशनिश्चरे र कानेपोखरीमा मोटरसाइकल ¥याली गरेका छन् । अर्को टोली सुन्दर हरैचा, बेलबारीमा रहेका थियो ।
    आजको ¥यालीमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) अर्थात संयुक्त बाम लोकतन्त्रिक गठबन्धनको उमेद्वार सुनिल शर्मा, प्रदेश सभा सदस्यको प्रत्यक्ष उमेद्वार मानबहादुर लिम्बू, माओवादी केन्द्र समानुपातिक उमेद्वार गीता तिम्सिना, नेकपा (एस)को समानुपातिक उमेद्वार कृष्णकुमारी बिक, मानप्रसाद लिम्बू लगायतको टोली पथरीशनिश्चरे, कानेपोखरी क्षेत्रमा रहेका थिए । प्रदेश (ख)को गठबन्धनको उमेद्वार लक्ष्मीकुमार श्रेष्ठ भने बेलबारी, सुन्दरहरैचाको टोलीमा रहेका थिए ।
    उमेद्वार सुनिल शर्मा र मानबहादुर लिम्बू लगायतका उमेद्वारहरुले बिभिन्न स्थानमा आयोजित कोणसभामा मन्तब्य दिएका थिए । मन्तब्यको क्रममा सुनिल शर्माले एमाले उमेद्वार भानुभक्त ढकाल मोरङको लागि टुरिष्ट उमेद्वार भएकोले आगामी दिनमा पनि भोट दिए आफ्नो सन्तानले दुःख पाउने बताएका छन् । शर्माले आफूले यो क्षेत्रका गरिब, दुःखी जनतालाई निशुल्क उपचार गर्दा कुनै पार्टी नछुटाएको र नछुटाने बताए ।
    शर्माले पुरानै डाइलग दोहो¥याउदै भानुभक्त ढकालले कोरोनाको बेला एउटा माक्स र गरिब जनतालाई एक किलो चामल कसैलाई दिएको प्रमाण भए उमेद्वारी फिर्ता लिन्छु भने । म हारेकाले कोरोनाबाट क्षेत्रबासीलाई बचाउन अक्सिजन, खाद्यन्न र औषधि खरिद गर्न ४० लाख नगरपालिकालाई दिदा जितेर स्वास्थ्यमन्त्री भएका भानुभक्त ढकाल कहाँ थिए ? आम जनता जनता अनि इमान्दार एमाले कार्यकर्ताले प्रस्न गर्नुपर्ने सुनिल शर्माको भनाइ थियो ।
    सुनिल शर्माले यसरी प्रस्न गर्दा भानुभक्त ढकालले भने आफ्नो कार्यक्रमहरुमा बैधानिक हिसावले कमाएको पैसा बाढ्न पुग्ने गरी नुहुने र दिए खाइदिनु तर भोट आफूलाइ दिनु भन्ने गरेका थिए ।
    प्रचार प्रशार, कार्यकर्ता परिचालन, विचार राख्ने कुरामा गठबन्धनको उमेद्वार सुनिल शर्मा आक्रमक र एमाले उमेद्वार भानुभक्त कढाल रक्षात्मक देखिएका हुन् ।
    सुनिल शर्मा बिहिबारसम्म दैनिक, सैयौ, हजारौ कार्यकर्ता माझ उच्च मनोवलको साथ चुनावी मैदानमा देखिएपनि भानुभक्त ढकाल अघिल्लो निर्वाचनमा जस्तो आक्रमक बनेको देखिएन । अघिल्लो निर्वाचनमा भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान गरेर आउने, आदिबासी जनजाति संग्राहलय बनाउने र खोला तट्बन्धन गर्ने बोलिएको बिषय भाइरल हुने गरेपनि यो पटक कहाँ के बोलिरहेका छन् जनताले खास चासो दिएको देखिदैन ।
    भानुभक्त ढकाल कानून र बिभाग परिवर्तन गरेर स्वास्थ्य मन्त्री भएपनि क्षेत्रमा वास्ता नगरेको, सुकुम्बासीलाई धनिपुर्जा दिन्छु भनेर नदिएको, आदिबासी जनजाति संग्राहलय बनाउछु भनेर नबनाएकोले स्वयम एमाले कार्यकर्ताहरुले नै यो पटक ढकाल आउन नहुने सुझाव राखेका थिए । केही सचेत एमाले कार्यकर्ताहरुले टिकट सिफारिस र टिकट बारे पार्टीले निर्णय गर्नु अघि सामाजिक संजाल मार्फत नै भानुभक्त ढकाल यो पटक यस क्षेत्रमा आउन नहुने आएपनि अवस्था खराख हुने स्टाटसहरु राखेर दबाब दिएका थिए ।
    सचेत कार्यकर्ताको दबाबलाई वास्ता नगरी भानुभक्त कढाल नै आएपछि एमाले कार्यकर्ताहरु पार्टी परित्याग गर्ने, कांग्रेसमा प्रवेश गर्ने एक प्रकारको लहर नै चलेको छ ।
    सरिता राई, सुर्य राई, सचिन श्रेष्ठ, कल्पना श्रेष्ठ, बाबा खबास, गुनमाया खबास लगायत बुधबार मात्र २० जना एमाले कार्यकर्ता एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । यस अघि एमाले ३ नं. क्षेत्रीय सदस्य जीवन कटुवाल कांग्रेस प्रवेश गरेका छन् । लामो समयदेखि एमालेमा आस्था रहेका देवि प्रसाइ मात्र होइन प्रदेश समितिको संगठन बिभाग प्रमुख रामकुमार बस्नेतले पार्टी परित्याग गरेका छन् । 
    यस अघिको निर्वाचनहरुमा आक्रमक ढंगले लाग्दै आएका स्थानीय कार्यकर्ता र युवाहरु यो निर्वाचनमा गएको स्थानीय निर्वाचनमा जस्तो क्रियासीलता कम देखिन्छ । 
    अघिल्लो निर्वाचनमा माओवादी र एमालेको मोर्चा बन्दा १९ सय मतको फरकले ढकालले जितेका थिए । यो पटक एमाले बिभाजन भएर नेकपा (एस), माओवादी केन्द्रको गठबन्धन हुनुले पनि रक्षात्मक हुन पुगेको स्थानीय बिश्लेसकहरुको भनाइ छ । भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएका बेला कोरोना कोषबाट औषधि खरिद प्रकृयामा २४ करोड बढीको अनियमितता भएको संसदीय लेखा समितिको प्रतिबेदन अख्तियार अनुसन्धान आयोगमा थन्किएर बसेको बिषयले पनि स्वयम एमाले कार्यकर्तालाई ढकाल लिएर हिड्दा प्रस्न आउने गरेको बुझिएको छ ।
     

सम्वन्धित समाचार

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…