• भैरहवाको सडक नै कब्जा गरी मुख्य प्रतिस्पर्धीले बिहीबार आमसभा गरेका छन् । पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बालकृष्ण खाण र तीनदलीय तालमेलबाट सोही पदका लागि राप्रपाबाट उम्मेदवार बनेका दीपक बोहराले भैरहवा बजारको सडक पूरा रूपमा अवरुद्ध गरी आमसभा गरेका हुन् । 

    चुनवी प्रचार प्रसार तथा आमसभागर्ने अन्तिम दिन आएर दुई मुख्य प्रतिस्पर्धीले एकै दिन केही घण्टाको अन्तरालमा आम सभा गरेका छन्। बहालवाला गृहमन्त्रीसमेत रहेका गठबन्धनका उम्मेदवार खाणको आमसभा मैत्री पथको फुटपाथमा मंच बनाएपनि मिलचोकबाट सर्वसाधारणको गाडी आवजावतमा रोक लगाइएको थियो । प्रहरी र म्यादीले सडकमा संजाल नै बनाई प्रवेश रोकेका थिए । केही सिमित गाडीलाई मात्रै इन्ट्री दिएर भित्र राखिएको थियो ।

    यस्तै वरिष्ठ नेता बोहराको आमसभा बम्रेलीटोल मा रखिएको थियो । आकस्मिक आवगमनका लागि केही ठाँउ छुटयाएर आमसभा गरे पनि नारायण पथ सम्मको सडक भिडभाडले कब्जा नै भएको थियो । 

    सांगितिक कार्यक्रम सहितको आमसभा केन्द्रिय र जिल्ला स्तरका नेताहरू उपस्थित भएपनि आचारसंहिताको कुरा कसैले उठान गरेका थिएनन् । भातृ संगठन  र कार्यकर्ताले पूर्णरुपमा सडक बन्द गरेका थिए । करिब तीन घण्टासम्म चलेकोसो सभा निर्वाचन आचारसंहिता विपरित भए पनि कसैले रोकेको थिएन ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…