• उदयपुर, ७ मंसिर

    उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा २३५८ मत बढी मत ल्याएर विजयी भएको हो ।

    उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले १२८९३ मतका पाएका छन् । 

    त्यसैगरी स्वतन्त उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले १०३७९ मत प्राप्त गरेका छन् । त्यसैगरी मंगोलियन अर्गनाइजेशनले १४३० मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९१० मत पाएका छन् । निर्वाचन क्षेत्र २ मा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिका पर्छ ।

    यस निर्वाचन क्षेत्रमा १ लाख १६ हजार ९६ मतदाता मध्ये ४४ हजार ८ सय ७५ मत खसेको थियो । रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारी घोषण हुन भने बाँकी रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…