• ८ मंसिर अर्घाखाँची 

    अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीलाई तेस्रो बनेका हरिप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका छन् ।सामाजिक सन्जालबाट शुभकामना दिँदै भुसालले युवा स्वरोगारीलाई ध्यान दिन आग्रह गरेका छन् । भुसालले भनेका छन्. ‘अर्घाखाँचीका जनताको आम्दानीको स्रोत बढाउँदै बलिया पाखुरा भएकाहरुलाई खाडीमा बेच्नेभन्दा पनि जिल्लामै स्वरोजगार बनाउनुछ ।’

    जिल्लाको शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय अनि नि:शुल्क बनाएर मात्रै बढ्दो बसाइँसराइ रोक्न सकिने बताउँदै भुसालले सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिमा ध्यान दिन आग्रह गरेका छन् । 

    ‘सन्धिखर्क गोरुसिंगे सडक तत्काल स्तरोन्नति गर्नुछ । अस्पताल र विद्यालयको दुरावस्थाका कारण बसाईसराईको सोचमा रहेकाहरुलाई रोक्नुछ ।’ भुसालले भनेका छन्, ‘गाउँमा नै बसेपनि उपचार नपाएर मर्नुपर्दैन भनेर विश्वास आमजिल्लावासीहरुलाई दिलाउनु छ ।’

    नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तेस्रो बनेका राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…