•  अर्घाखाँची, ८ मंसिर

    अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित भएका छन् । राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

    रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे ।

    एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।
     

सम्वन्धित समाचार

भैरहवा, १० मंसिर  रुपन्देही ३ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दी…

बारा, १० मंसिर बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्व…

बारा,  मंसिर १० बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वा…

काठमाडौं, ९ मंसिर निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभ…