• काठमाडौं, ९ मंसिर

    निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

    यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २)बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो । 

    सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए । यसैगरी काठमाडौं– १ (१)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजित गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा र शाहीले ३ हजार ५०४ मत पाउँदा पराजित भए । 

    काठमाडौं–१ (२)मा सुरजचन्द्र लामिछानेले ४ हजार ५१० मतसहित एमालेका गणेशप्रसाद दुलाललाई हराउँदै विजयी भए । दुलालले २ हजार ७५३ मत ल्याए । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…