• बारा, १० मंसिर
    बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित भएका छन् । यादव ३५४ मतान्तरले निर्वाचित भएका हुन् ।

    यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे ।

    यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए । पूर्ववनमन्त्री रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पारेका हुन् ।

    यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा एकीकृत समाजवादी विजयी भएको छ ।

सम्वन्धित समाचार

महोत्तरी, १८ माघ । नेकपा एमालेभित्रै  विवादले मधेश प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन…

काठमाडौं, माघ १८ प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का र…

काठमाडौं, १७ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चितता गर्…

काठमाडौं, १६ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड …