• भैरहवा, १४ म‌ंसिर

    भैरहवामा अत्याधुनिक उपकरण सहितको प्याथोलोजीले सेवा सुरु गरेको छ । १७ वर्षदेखि प्रयोगशाला क्षेत्रमा अनुभव प्राप्त प्राविधिकसहित तीनजना युवाको लगानीमा रुपन्देही क्षेत्रकै उत्कृष्ठस्तर श्रेणीको ल्याब स्थापना भई भैरहवाको बैकरोडमा संचालनमा आएको हो । करिब  २ करोडको लगानीमा बिरामीलाई एकै छानामुनि ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरू ए वान हेल्थ नेपालबाट दिनेगरी सेवा सुरु गरिएको सञ्चालक डाक्टर आदर्शकुमार झुनझुनवालाले बताए ।

    विश्वको चर्चित उपकरणहरु युएसएफडीए बाट मान्यता प्राप्त उपकरण बाट विभिन्न प्रकारका स्वास्थय जाँच पारदर्शिता कायम गरी विरामीले आफै हेनै सक्ने गरी व्यवस्था मिलाइएको सिइओ समेत रहेका झुनझुनवालाले बताए ।  

    स्वास्थ्य क्षेत्रमा अनुभव संगालेका चिकित्सकसहितका दर्जन बढी प्रविधिहरूको सहकार्यमा विश्वकै उत्कृष्ठ उपकरणहरुबाट प्रयोगशालामा विशेषज्ञसहितको परामर्श सेवा दिने गरी व्यवस्था मिलाइएको संचालक टंक प्रसाद आचार्यले भने । 

    डिजीटल माध्यम भाइवर, वाट्सअप र मेल सेवाबाट रिर्पोट दिने गरी सामान्यदेखि बिशिष्टिकृत प्रकारको जाँच एवान हेल्थ नेपालले बजार मुल्य वा सो भन्दा कममै दिनेमा प्रतिबद्धता जनाएको छ । नियमित चेकजाँच गराउनेलाई विशेष छुटका साथ अन्य जाँचमा पनि अहिले उद्घाटनको अवसरमा विशेष छुटका साथ सेवा सुरु गरेको सञ्चालक नारायण गौतमले भने । 

    प्रयोगशालामा क्यान्सरको वायोप्सी, वीर्यको सम्पूर्ण परीक्षण, हर्मोन, सबै खालको ट्युमर, प्रोस्टेड, गर्भवती महिलामा बच्चाको धड्कन, तीन महिना अघिपछिको मधुमेहको विश्लेषणजस्ता विशिष्टकृत स्वास्थ्य परीक्षण हुन्छ । प्रयोगशालामा राखिएका सम्पूर्ण उपकरण अमेरिका, जर्मनी लगायतका विश्व बजारमा अब्बल मानिने अन्तर्राष्ट्रिय मापदण्डका रहेको कम्पनीको दाबी छ ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …