• काठमाडौं । कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन्। विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोपमा जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

    जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो। उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ। सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गीले १२ जना नेपालीलाई कोरिया पुर्याएका थिए। तर ती मध्ये दुई जना मात्र नेपाल फर्किएका थिए भने अन्य १० जना उतै बेपत्ता भएका थिए।

    त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआर्इबीलार्इ जानकारी गराएपछि खड्गीमाथि अनुसन्धान थालिएको थियो। प्रहरी हिरासतमा रहेका खड्गीले आफ्नो गल्ती स्वीकारी सकेका छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…