काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित दुर्गा राईले कोयु, अशोक कुमार राईले बान्तावा भाषामा शपथ लिने भएकी छन् ।
दुर्गा राई माओवादी केन्द्रको तर्फबाट समानुपातितर्फ संघीय सांसद निर्वाचित भएका हुन् । भोजपुरबाट राजनीति गर्दै आएका दुर्गा राई माओवादी केन्द्रको केन्द्रीय सदस्य, अनुशासन आयोगको सदस्य, पार्टी सम्बद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चाको केन्द्रीय कार्यालय सदस्य, किराती राष्ट्रिय मुक्ति मोर्चाको पूर्ब अध्यक्ष, किरात राई समुदायको साझा सर्बोच्च संस्था किरात राई यायोक्खाको पूर्ब केन्द्रीय उपाध्यक्ष÷सल्लाहकार हुन् ।
नेपालको संविधान २०७२ धारा ८८ अनुसार नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पुस ७ गते शपथ ग्रहण गराउने कार्यक्रम तयार भएको छ ।
दुर्गा राईले संघीय सांसदको शपथ राई समुदाय भित्रको कोयु भाषामा लिने बताएकी छन् । मातृ भाषामा शफत लिन अनुवाद गरेर बुझाइ सकेको राईले बताए ।
त्यसैगरी जनता समाजवादी पार्टीका नेता प्रत्यक्ष निर्वाचित अशोककुमार राईले राई बान्तावा (राई) भाषामा सफलत लिने भएका छन् । एमालेबाट समानुपातिक सांसद जितेका हेमराज राईले पनि मातृ भाषा थुलुङ राई भाषामा शपथ लिने तयारी गरिरहेको बुझिएको छ । थुलुङ भाषामा शपथ अनुवाद भएको अभियानकर्मी खुक्सङ खम्बु राईले जानकारी दिए ।
भाषामा शपथ लिन चाहनेहरुको लागि बान्तावा भाषामा अनुवाद गरेर तयार गरिएको बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले बताए । भाषामा शपथ लिन चाहनेहरुका लागि चाम्लिङ, बान्तावा, कोयु, थुलुङ लगायतल भाषामा अनुवाद भएको यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युबराज राईले जानकारी दिए ।
नेपालको संविधान २०७२ र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) को उपदफा २ अनुसार मातृ भाषामा शपथ लिन पाउने कानूनी ब्यावस्था रहेको छ । संविधानले शपथ लिन जाँदा संस्कृतिक पोषाक लागउन पाउने ब्यवस्थासमेत गरेको छ ।
संविधान र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार दुर्गा राईले कोयु, अशोक राईले वान्तावा र हेमराज राईले थुलुङ भाषामा शपथ लिने तयारी गरेको बुझिएको छ । किरात राई यायोकखा केन्द्रीय उपाध्यक्ष समेत रहेका किरात राई चाम्लिङ्ग खाम्बातिमका केन्द्रीय अध्यक्ष युबराज राईले प्रतिनिधि सभा सदस्य रामकुमार राई (पासाङ लगायतसँग कुरा भएको बताए ।
भाषामा शपथको लागि संघीय सांसद सुदन किराती, प्रदेश सभा सदस्यहरु पीके राई, बिनोद वान्तावा, राजन किराती लगायतसँग कुरा भएपनि यो समाचार तयार पार्दासम्म टुंगो भइनसकेको बताइएको छ ।
संविधान र कानूनले भाषा, भेषभूषाको अधिकार दिएपनि नेताहरु भने साझा हुने वाहानामा आफ्नो भाषा र भेषभूषालाई सरकारी काम काजको रुपमा प्रयोग गर्ने गरेका छैनन् ।
निर्वाचनको बेला प्रभाव पार्न भेषभुषा ग्रहण गर्ने, जानिनजाति भाषामा समेत भोट माग्ने गरेपनि जितेर गएपछि भने साझा हुने नाममा आफ्नो भाषा, भेषभूषालाई बिर्सिने भाषिक सांस्कृतिक अभियान्ताहरुको गुनासो छ । भाषामा शपथ खाए साम्प्रदायिक भइन्छ भन्ने त्रास हुनु दुःखलाग्दो बिषय भएको अभियान्ताहरुको भनाइ छ ।