• काठमाडौ । माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दुर्गा राईले किरात राई कोयु भाषा र राई भेषभूषामा शपथ लिएकी छन् ।
    राई माओवादी केन्द्रको तर्फबाट समानुपातितर्फ संघीय सांसद निर्वाचित भएका हुन् । भोजपुरबाट राजनीति गर्दै आएका दुर्गा राई माओवादी केन्द्रको केन्द्रीय सदस्य, अनुशासन आयोगको सदस्य, पार्टी सम्बद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चाको केन्द्रीय कार्यालय सदस्य, किराती राष्ट्रिय मुक्ति मोर्चाको पूर्ब अध्यक्ष, किरात राई समुदायको साझा सर्बोच्च संस्था किरात राई यायोक्खाको पूर्ब केन्द्रीय उपाध्यक्ष÷सल्लाहकार हुन् ।
    बिहिबार सांसद दुर्गा राईले किरात राई समुदायले प्रयोग गर्ने सांस्कृतिक भेषभूषा छिटको गुन्यू, मखमलको चोली, पटुकी, थैली भिर्नुको साथै सो समुदायको गहना हारी माला, पुवालो जन्तर, बुकि फुलको धजुरीको पहिरनमा कोयू भाषामा शफथ लिएकी हुन् । सांस्कृतिक पोषाकमा सदनमा पुगेकी दुर्गा राईको तस्वीर बिभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा प्रचारप्रशार भइरहेको छ ।
    नेपालको संविधान २०७२ र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) को उपदफा २ ले मातृ भाषामा शपथ लिन पाउने कानूनी ब्यावस्था रहेको छ । संविधानले संस्कृतिक पोषाकमा शपथ लिन पाउने ब्यवस्थासमेत गरेको छ ।
    दुर्गा राईसँगै माओवादीका ७, रास्वपाका ५, जनमतका पार्टीका ४, जसपाको २ र नागरिक उन्मुक्तिका ३, स्वतन्त्र २ जना सांसदले मातृ भाषामा शपथ लिएका छन् ।
    एमाले अध्यक्ष केपी ओलीले नेपाली भाषा र राष्ट्रिय पोषाकमा शपथ लिन आव्हान गरेपनि सो पार्टीको सराज अहमत फारुकीले उर्दू भाषामा शपथ लिएका छन् । नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिएकी छन् ।
    किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्षसमेत रहेका किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले बिभिन्न सांसदलाई फोन गरेर मातृभाषामा शपथ लिन सुझाएका थिए । नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय महासचिव दिवस राईले बिज्ञप्ति प्रकाशन गरेरै आफ्नो भाषा र भेषभूषामा शपथ लिन आव्हान गरेका थिए । 
    संविधान र कानूनले भाषा, भेषभूषाको अधिकार दिएपनि नेताहरु भने साझा हुने वहानामा आफ्नो भाषा र भेषभूषालाई सदनमा प्रयोग नगरेको प्रति सांस्कृतिक अभियान्ताहरुको गुनासो छ ।

सम्वन्धित समाचार

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…