• काठमाडौ । संघीय सांसद दुर्गा राई मोरङको विराटनगर र झापाको दमकमा सम्मानित भएकी छन् ।
    माओवादी केन्द्रको तर्फबाट समानुपातिक तर्फबाट सांसदमा निर्वाचित राईलाई मंगलबार विराटनगरमा पार्टी प्रदेश समिति र बुधबार किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो ।
    दुर्गा राई माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सामाजिक संस्था किरात राई यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष÷सल्लाहकार हुन् ।
    माओवादी पार्टी १ नम्बर प्रदेश समितिले मंगलबार प्रदेशबाट बिजयी हुने संघीय र प्रदेश सभा सदस्यहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको थियो । त्यसैगरी बुधबार दमकका किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको आयोजना गरी सांसद राईलाई सम्मान पत्र, दोसल्लाह, माला लगाएर सम्मान गरेको हो । 
    सांस्कृतिक रुपान्तरणको लागि भन्दै संघीय सांसदको शफथ किरात राई समुदायको सांस्कृतिक भेषभूषा लगाएर र कोयू राई भाषामा शपथ लिएपछि भाषा, लिपी तथा सांस्कृतिक अभियान्ताहरुबाट सांसद दुर्गा राईको प्रसंसा हुँदै आएको छ ।
    दमकमा भएको कार्यक्रममा निवर्तमान १ नं. प्रदेश सभा सदस्य अर्जुन कोयू राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात कोयू राई बचत तथा ऋण सहकारी संस्था चिसोपानी पञ्चमी (इलाम)का अध्यक्ष तिर्थराज राई, सोही संस्थाको दमक (झापा) अध्यक्ष राजमान राई, भीमराज राई लगायतले बधाई शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सहकोषाध्यक्ष शुसिल राई, किरात राई विद्यार्थी संघको पूर्ब जिल्ला नेता अनिलदेब राई लगायतको उपस्थिति रहेको थियो ।
     


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…