• काठमाडौ । संघीय सांसद दुर्गा राई मोरङको विराटनगर र झापाको दमकमा सम्मानित भएकी छन् ।
    माओवादी केन्द्रको तर्फबाट समानुपातिक तर्फबाट सांसदमा निर्वाचित राईलाई मंगलबार विराटनगरमा पार्टी प्रदेश समिति र बुधबार किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो ।
    दुर्गा राई माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सामाजिक संस्था किरात राई यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष÷सल्लाहकार हुन् ।
    माओवादी पार्टी १ नम्बर प्रदेश समितिले मंगलबार प्रदेशबाट बिजयी हुने संघीय र प्रदेश सभा सदस्यहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको थियो । त्यसैगरी बुधबार दमकका किरात कोयू राई बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको आयोजना गरी सांसद राईलाई सम्मान पत्र, दोसल्लाह, माला लगाएर सम्मान गरेको हो । 
    सांस्कृतिक रुपान्तरणको लागि भन्दै संघीय सांसदको शफथ किरात राई समुदायको सांस्कृतिक भेषभूषा लगाएर र कोयू राई भाषामा शपथ लिएपछि भाषा, लिपी तथा सांस्कृतिक अभियान्ताहरुबाट सांसद दुर्गा राईको प्रसंसा हुँदै आएको छ ।
    दमकमा भएको कार्यक्रममा निवर्तमान १ नं. प्रदेश सभा सदस्य अर्जुन कोयू राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात कोयू राई बचत तथा ऋण सहकारी संस्था चिसोपानी पञ्चमी (इलाम)का अध्यक्ष तिर्थराज राई, सोही संस्थाको दमक (झापा) अध्यक्ष राजमान राई, भीमराज राई लगायतले बधाई शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सहकोषाध्यक्ष शुसिल राई, किरात राई विद्यार्थी संघको पूर्ब जिल्ला नेता अनिलदेब राई लगायतको उपस्थिति रहेको थियो ।
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …