• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पसमा शुल्क वृद्धिको विरुद्धमा लगाइएको ताला क्याम्पस प्रशासन र बिद्यार्थी संगठनबीच सहमतिमा १४ दिनपछि ताला खुलेको छ ।

    क्याम्पसले १८ हजारबाट ६ हजार ५ सय बढाएर बार्षिक शुल्क २४ हजार बढी बनाएको भन्दै बिद्यार्थीहरुको  संयुक्त मोर्चाले मंसिर २७ गते क्याम्पस प्रमुखको कार्यालयमा ताला लगायको थियो ।

    क्याम्पसमा ताला लागेको १३ दिनपछि आइतबार (पुस १०) क्याम्पस सन्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतको उपस्थितिमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कम्पस प्रमुख शान्तिराम मिम्सिना, १ नम्बर वडा अध्यक्ष भीमकुमार राई, बिद्यार्थी प्रतिनिधिहरु नेकपा (एस) सम्बद्ध अखिलका क्याम्पस इकाई समितिको अध्यक्ष प्रकाश शिवा, पूर्ब स्वबियु सभापति गोपाल साम्बा लिम्बू, युनियस, एमाले अखिल लगायतका नेताहरु बसेपनि शुल्क घटाउने बिषयमा सहमति हुन सकेको थिएन् ।

    सोमबार (पुस ११ गते) क्याम्पस प्रशासन र बिद्यार्थी प्रतिनिधिहरुवीच बढाइएको दुई हजार शुल्क घटाउने लगायतको पाँच बुँदे सहमतिपछि प्रशासनमा लगाइएको ताला खोलिएको हो । बढाइएको दुई हजार घटाइएपछि क्याम्पसको बार्षिक शुल्क अब २२ हजार ५ सय कायम भएको छ । अघिल्लो शैक्षिक सत्रमा १८ हजार बार्षिक शुल्क रहेको थियो । 

    शुल्क घटाउनुको साथै क्याम्पसले लाइब्रेरीमा अपुग रहेको पुस्तकहरु खरिद गर्नुपर्ने, खेल मैदान निर्माण गर्ने, खेलकुद सामाग्री खरिद गर्ने, कम्प्युटर कक्षा संचालन गर्ने रहेको छ । क्याम्पसको लागि चालु आर्थिक बर्षमा पथरीशनिश्चरे नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…