• मोरङ । नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले आज नगरका २२ जना सेवा निवृत्त शिक्षक÷कर्मचारीलाई सम्मान गरेको छ ।
    सेवा निवृत्त जीवन सुःख, शान्ति, सु–स्वास्थ्य र समाजिक कार्यमा बितोस भन्ने कामनासहित सम्मान पत्र, दोसल्ला र टिका लगाएर सम्मान गरेको हो । सम्मानित हुनेहरुमा भगत थपलिया, रुपनारायण भट्टराई, डिल्लिराम दाहाल, सोमनाथ निरौला, जंगबहादुर कार्की, भीमप्रसाद लुइटेल, शारदा खड्का लगायत रहेका छन् । कार्यक्रममा लामो समय शिक्षक पेशामा काम गरेर देहान्त भएका दुर्गा बिक र धलबहादुर मगरलाई मरणोप्रान्त सम्मान गरिएको छ । बिकको सम्मान सामाजिक सेवाका क्रियाशील पत्नि कृष्णकुमारी बिकलाई प्रदान गरिएको थियो । नगरमा रहेर २०७८ देखि २०७९ मंसिरसम्म निवृत्त भएका शिक्षक कर्मचारीलाई सम्मान गरेको महासंघले जनाएको छ ।
    प्रदेश सरकारबाट नमुना घोषित पञ्चायत माविका प्रधानाध्यपकसमेत रहेका नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष अर्जुन कुमार बुढाथोकीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनकुमार तुम्बापो लिम्बूले सम्मानित निवृत्त शिक्षकहरुलाई बधाई दिदै नगरमा हुने शैक्षिक समस्याहरु संयुक्त रुपमा समाधान गर्नुपर्ने बताए ।
    कार्यक्रममा महासंघको मोरङ जिल्ला अध्यक्ष दामोदर सिग्देल, पथरीशश्चिरे नगरको शिक्षा बिभाग प्रमुख उपसचिव शालिग्राम काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रोहिणीप्रसाद घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष भरतबहादुर खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष घनश्याम ढकाल लगायतले बधाई तथा शुभकामना मन्तब्य दिएका थिए । सम्मानित हुनेहरुको तर्फबाट भगतचन्द्र थपलियाले मन्तब्य राखेका थिए ।
    कार्यक्रममा महासंघ गठन भएदेखि हालसम्म भएको क्रियाकलापहरु अध्यक्ष अर्जुनकुमार बुढाथोकीले प्रस्तुत गरेका थिए । नगरमा हाल पाँच सय ९० जना शिक्षक कर्मचारी रहेको र कोरोना भाइरस विरुद्ध लड्न हरेक शिक्षकले ३ दिनको तलब संकलन गरेर ९ लाख ४१ हजार नगद पथरीशनिश्चरे नगरलाई बुझाएको लगायतको क्रियाकलाप प्रस्तुत गरेका थिए ।

    शिक्षक बिकको परिवारबाट पञ्चायत माबिलाई ५० हजारको चेक हस्तान्तरण

    दिगंवत शिक्षक दुर्गाबहादुर बिकको परिवारबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रा वृत्ति प्रदान गर्ने उदेश्यले आजै पञ्चायत माबिलाई ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।
    बिककी पत्नि कृष्णकुमारी बिकले पञ्चायत माबिका प्रधानाध्यपक अर्जुन कुमार बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् । चेक बुझने क्रममा प्रअ बुढाथोकीले विद्यालयले तत्काल छात्रा वृत्तिको रुपमा बैंकमा जम्मा गरेर ब्याजबाट बार्षिक रुपमा अक्षकोष दाताको उपस्थितिमा वितरण गरिने बताए । दिगंवत शिक्षक दुर्गाबहादुर बिक लामो समय पञ्चायत माविका काम गरेका थिए ।

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…