• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको ११ औ शाखा अधिवेशनले बर्ष २०२३ को अध्यक्षमा सुवर्ण खत्री सर्वसहमत चयन भएका छन् ।
    सुक्रबार र शनिबार भएको अधिवेशनले कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना चयन भएका छन । उपाध्यक्षहरुमा अम्बर नेपाली, कुष्णकुमारी राई, सागर थापा र गंगाराम साह, सचिवमा नगेन्द्रबहादुर घिमिरे सर्वसहमत चयन भएका छन् । महासचिवमा सरोज दराल मनोनित गरिएको बर्ष २०२२ का अध्यक्ष अणु राईले बताए ।
    अध्यक्षमा राज तिरुवा, सीताराम दराल (सरोज) प्रतिस्पर्धामा रहेपनि सर्वसहमत चयन गरिएको पथरी जेसीजको पूर्ब अध्यक्ष मान दियालीले बताए । जेसीजमा महासचिव, कानुन सल्लाहकार र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने विधानमा ब्यबस्था रहेको छ । 
    शाखा अधिवेशनको उद्घाटनपछि युनिटी इज स्ट्रेन्थ बिषयमा नेपाल जेसीजको पूर्ब अध्यक्ष अशोक शंकर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को निवर्तमान १ नं. प्रदेश समिति अध्यक्ष, किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खा वर्तमान उपमहासचिव अर्जुन जम्नेली राई, युवा अभियान्ता शान्ति पाख्रिनले प्रशिक्षण दिएका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…