• मोरङ । मंगोल नेशनल अर्गनाइजेशन मोरङको पथरीशनिश्चरे नगर समतिले आज ३४ औं स्थापना दिवस मनाउदैछ ।
    पथरीशनिश्चरे ७ पुलचौक स्थित नगर समितिको कार्यलयमा भेला भएर शुभकामना आदानप्रदान गरेर स्थापना दिवस मनाउने तयारीमा रहेको छ ।
    संगठन स्थापनाको ३४ औं स्थापना दिवस मनाउन १ नं. प्रान्तिय समितिको सदस्य सोम्बल तामाङ आउने कार्यक्रम रहेको एमएनओको नगर अध्यक्ष पुनम राईले बताए । संगठनको केन्द्र, प्रान्त, जिल्ला र नगरसमितिहरुले स्थापना दिवस मनाउने कार्यक्रम रहेको बताइएको छ । 
    एमएनओ मंगोल नेशनल अर्गनाइजेशन र मंगोल नेशनल अर्गनाइजेशन डाक्टर गोपाल गुरुङ (डीजीजी) गरी दुई समूहमा बिभाजित रहेको छ । बुद्धलाल मेचेको नेतृत्वमा रहेको एमएनओ निर्वाचन लड्दै आएको छ भने वीरलाल राईको नेतृत्वमा रहेको एमएनओ (डीजीजी) चुनावमा सहभागी भएका छैनन् । दुवै समूले छुट्टछुट्ट स्थापना दिवस मनाउदै आएका छन् ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट नीति तथा कार्यक्रम ल्याउन…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधी आयोजक—२ नं. वडा पा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…