• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित सुनाखरी युवा क्लवले अन्डर १५ बर्षका फुटबल खेलाडीहरुलाई खेल सामग्री र बिपन्न परिवारलाई कम्मल वितरण गरेको छ ।
    खेलाडी बिकास गर्ने उदेश्यले अन्डर १५ बर्षका खेलाडीहरुलाई फुटबल बुट, १० वटा फुटबल र जर्सी सेट वितरण गरेका हुन् ।
    फुटबल बुट पाउनेहरुमा अपसन गुरुङ, रंजित जोगि, लोकनाथ घिमिरे, लेकी गुरुङ, दर्पण गिरी, सरोज दर्जी, रामन राई, निशेहाङ लिम्बू लगायत रहेका छन् । क्लवले सुनाखरी युवा क्लव लेखेको जर्सी सेट वितरण गरेको हो ।
    त्यसैगरी सिचो बढेको कारण राहत होस भन्ने उदेश्यले न्युन वर्गीय २० परिवारलाई कम्मल वितरण गरेका हुन् । क्लवले सुनाखरी खेल मैदानमा खेलकुद सामग्री तथा कम्मल वितरण कार्यक्रमको आयोजना गरी समान हस्तान्तरण गरेका हुन् ।
    पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईको प्रमुख अतिथ्यतामा सुनाखरी मावि सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक नरेन्द्र घिसिङ, स्थानीय समाजसेवी कुमार चाम्लिङ, क्लवको पूर्ब अध्यक्ष उपेन्द्र मादेन लिम्बू लगायतको हातबाट कम्मल र खेल सामग्री वितरण भएको थियो ।
    पथरीशनिश्चरे १ को तुलबहादुर परिवार, मिलन धिमाल, कर्णबहादुर गुरुङ, नगरबहादुर मगर लगायत २० परिवारलाई कम्मल वितरण गरिएको सुनाखरी युवा क्लवका सचिव मनि लिम्बूले बताए ।
    क्लवका अध्यक्ष मिलन चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा सदस्य बिकास राईले स्वगत मन्तब्य राखेका थिए । सामग्री वितरणपछि कार्यक्रमको प्रमुख अतिथि १ नं. वडा अध्यक्ष भीमकुमार राईले सुनाखरी युवा क्लवले गर्दै आएको सामाजिक कार्यको प्रसंशा गरेका थिए ।
    सुनाखरी युवा क्लवको आयोजनामा पथरीमा मिनी महोत्सव लागिरहेको छ भने खेल मैदान निर्माण लगायतको सामाजिक काममा क्रियाशील रहेको छ । मिनी महोत्सवबाट बचेको पैसाले पथरीको बिभिन्न स्थानमा सीसी क्यामरा र सडक बत्ति जडान गरिने क्लवले जनाएको छ ।

     


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …